डिल्लीराम खनाल तिखो र पेचिलो ढंगले कटाक्क्ष गर्ने सामाजिक संजाल मार्फत चर्चित व्यक्ति हुन् । खनाल केहि समय पहिले काठमाडौँको माईतीघरमा एक पत्रकारको प्रश्नको जवाफदिने क्रममा मोटरसाइकलबाट अप्रत्यासित किसिमले पक्राउको दृश्य सामाजिक संचालमा प्रसारण भए पछि एकाएक चर्चित भएका थिए । उनले प्रधानमन्त्री देखि प्राय जसो सबै दलका शिर्ष नेताहरुको कार्यशैली प्रति प्रस्तुत गर्ने अभिव्यक्ति रोचक तथा अत्यन्त घोचक हुने गर्दछ जसका कारण उनि चर्चित पनि छन् ।
झापाको दमक स्थायी घरभई हाल काठमाडौँको तीनकुनेमा बस्नुहुने डिल्लीराम खनालको दैनिकी बिहान उठ्ने , हल्का ब्यायाम र ब्याटमिन्टन खेल्ने, प्राय जसो पत्रपत्रिका पढ्ने , अध्ययन गर्ने , दिन देखि साझ सम्म अन्तर्वार्ता , भेटघाट र राजनीतिका बहसमा बित्ने गरेको छ । राजसंस्थाको पुनर्स्थापना र हिन्दु अधिराज्य सहितको नेपाल राज्य हुनुपर्ने राजनीतिक बिचार बोकेका खनाल आफु भने पुर्व एमाले संग सम्बन्धित ब्यक्ति हुन ।
नेपालको कम्युनिष्ट सरकार कमाउनिष्ट हुन् र अहिलेको सरकारलाई बिदेशी दलालको संज्ञा दिने खनाल अहिलेको व्यवस्था असफल भएको भन्दै अब व्यवस्था परिवर्तन गर्ने बेला आएको बताउछन ।
कांग्रेसलाई काला कांग्रेस भन्दै यिनीहरुले बेचेर खाएर बाकि रहेको अस्थिपन्जर सरहको उद्योग संचालन गरे दसौ लाखले रोजगारी पाउने भन्दै दैनिक ८- १० जना नेपालीको लाश आउने र सरकारमा बस्नेले गिद्ध सरी लाश खाईरहेको आशयको अभिव्यक्ति पनि केहि समय अगाडिको अन्तर्वार्तामा खनालले प्रस्तुत गरेका थिए ।
“पहिलो त २४० वर्षको राजसंस्था भन्ने तथ्यांक नै गलत छ ।” धमलाले कसरी गलत छ २०६२/०६३ जनता सडकमा आएर राजसंस्था फालेको होइन ? भनेर कडा रुपमा अर्को प्रश्न गरे । अनि खनालले त्यसको जवाफमा भने,”२०६४ सालमा संविधानसभाको चुनाव भयो । त्यसबाट आएको संसद्को पहिलो बैठकले राजसंस्था अन्त्यको घोषणा गर्यो ।”
जनता सडकमा आइसकेपछि निर्वाचन भयो त्यसपछि राजसंस्थाको अन्त्य भयो नि ? भन्ने अर्को प्रश्नमा उनले यस्तो जवाफ दिए,”त्यो त अहिलेका मन्त्री वर्षमान पुनलाई सोध्नुहोस् न, ‘कहाँ–कहाँबाट मान्छे ल्यायौं, कहाँ–कहाँबाट पैसा ल्याऔं, के-के ग¥यौं ?’ भनेर । त्यसपछि गगन थापालाई ‘युरोपबाट कति बोरा पैसा ल्यायौं’ भनेर सोध्नुहोस् ।”
गगन थापाले पैसा लिएको तथ्यांक तपाईंसँग छ ? भनेर धमलाले सोध्दा उनले आफूले जे–जे बोल्छु त्यसको तथ्य, प्रमाण र आधार आफूसँग सुरक्षित रहेको जिकिर गरे । उनले गगन थापाले कोसँग पैसा लिए, प्रमाण देखाउनुस् न त ? भनेर सोधिएको प्रश्नमा भने त्यो कुरा नेता थापालाई नै सोध्न आग्रह गरे ।
होइन तपाईं भन्नुहोस् ? भनेर गरेको प्रश्नमा उनले भने,”युरोपियन युनियनबाट कस–कसले कति–कति पैसाको भुक्तानी लिए, त्यसको प्रमाण मसँग छ । पी खरेलले नयाँ पत्रिकामा आर्टिकल लेख्नुभएको छ । त्यसमा पहिलो पुस्ताले कुम्ल्याए–कुम्ल्याए । त्यसपछि आएका दोस्रो र तेस्रो पुस्ताका नेताहरु ती पनि तपाईंहरुले मात्रै खाएर हुन्छ हामीलाई चाहिँदैन भनेर गएका थिए ।”
पुष्टि गर्नुपर्छ हचुवाको भरमा तथ्यांक दिन पाइँदैन नि ? भनेर सोध्दा खनालले यससम्बन्धी आर्टिकल आएको सुनाउँदै अहिले हातैमा सञ्चरमाध्यम छन् खोजेर हेर्दा हुन्छ भन्ने जवाफ फर्काए । उनले पी खरेलका लेखहरु भनेर खोल्दा सरर आउँछ भन्ने सुझाव दिए । उनले त्यसरी क–कसले लिएका छन् त्यसरी पैसा ? भन्दापनि क–कसले चाहीं लिएन त्यो चाहीं भन्नुस् न भनेर उल्टै पत्रकारलाई प्रश्न गरे । उनले थपे,”नारायणमान विजुक्च्छेको भाषालाई सापटी लिएर भन्दा ‘पहिला पहिला फलाना, फलाना विदेशी एजेन्ट हुन् भनेर खोज्नुपथ्र्यो भन्ने सुनाउँदै अहिले त को होइन भन्ने पो समस्या भयो भन्नुहुन्छ उहाँ ।”
राजा वीरेन्द्रले महेन्द्रको बिडो २० प्रतिशत मात्रै धानिदिएको भए यस्तो स्थिति नै हुनेथिएन । जहासम्म प्रजातन्त्रको कुरा छ, २०४६ ताका नै भारतबाट त आएका थिए नि, भुटानको जस्तो राजा हुनु यो आन्दोलन हराएर जान्छ भन्दा राजा वीरेन्द्रले मानेनन् । बरु आओ तिमीहरु पनि भनेर बोलाएकै हो । गणेशमानजीले त भन्नुभएकै थियो, ‘हामी त एक लोटा पानी माग्न गएका थियौं महाराजबाट समुन्द्रै बक्सियो’ भनेर । भनेपछि समुन्द्र जस्तै छताछुल्ला भयो सम्हाल्नै सकेनन् ।
नेपालमा प्रजातन्त्र ल्याउन राजाहरुको भूमिका छ ? भन्ने प्रश्नको उत्तर दिदै खनालले भनेका छन्, त्यसमा महत्वपूर्ण भूमिका राजाहरुकै छ । २००७ कात्तिक २१ भारतीय दूतावास गएका थिएनन् भने यिनीहरुको के गति हुन्थ्यो । वीपी कोइराला अमेरिकन लबीका हुन् । नेपालमा २००७ सालमा प्रजातन्त्र त आयो तर त्योसँग के आयो । त्योसँगै के आयो भारतले यो घाँडोलाई कति राख्नु भनेर वीपीलाई पठाइदियो । अनि उनलाई गृहमन्त्री पनि बनाइयो । विरहीजीले भन्नुभयो, मोहन शमशेरले ‘बाहुनले देश चलाउने हो’ भने भनेर । त्यसकारण म पनि बाहुन हुँ तर म के भन्छु भने ‘बाहुनले खाएको देश र बाख्राले खाएको बाली कहिल्यै उभो लाग्दैन ।’ बाहुनले शासन गर्न थालेपछि देश समाप्त हुन्छ । बाहुनले पनि शासन गर्ने हो । उसले शिक्षा, दिक्षा, नीति निर्माणको काम पो गर्ने हो त ।
त्यसो भए बाहुनजति सबै जोगी बन्ने राजनीति गर्नु नहुने ? भन्ने प्रश्नको उत्तर दिदै उनले भने जोगी बन्ने कहाँ भनेको छ । ‘जब राजनीतिमा बाहुन, मुलुक भयो डाउन’ । राजा महेन्द्रद्वारा प्रजातन्त्र हरण भन्ने भयो, लेख्ने यिनै वीपीहरु थिएनन् । २०१५ सालमा धारा १५ मा राजा महेन्द्रले जे अधिकार पाएका थिए, त्यही दिएको हो कि होइन ? ।
यिनै डिल्लीराम खनालसंग अहिले संसद बिघटन भैसकेपछि लिएको ताजा अन्तवार्तामा उनि फेरी खरो रुपमा प्रस्तुत भएका छन् । प्रचण्डको पत्तासाफ गर्ने,चुनाव लडेर देखाउन चुनौती दिदै प्रचण्डका अब दिन गए भन्दै उनिले ठोकुवा गरेका छन् । प्रचण्डलाइ तह लगाउने ओली भन्दा अरु कोहि छैनन् उनले जे गरे ठिक गरे भन्दै ओलीको तारिफ गरेका छन् । सधै ओलीको कडा आलोचना गर्ने खनाल यस अन्तवार्तामा भने निकै शब्द चयन गरेर ओलीलाई सुझाव दिदै भनेका छन्, समय यहि हो यति बेली संघियता खारेज गरिदिनुहोस जनताले तपाईलाइ साथ दिने छन् ।
बाँकि भिडियोमा :