Wednesday, January 27, 2021
Home > राशिफल > ०७७ साल पुस १४ गते मंगलबार, हेर्नुहाेस् यहाँहरूकाे राशिफल अनुसारकाे भाग्य!

०७७ साल पुस १४ गते मंगलबार, हेर्नुहाेस् यहाँहरूकाे राशिफल अनुसारकाे भाग्य!

मिति २०७७ साल पुस १४ गते मंगलबार,हेर्नुहाेस् यहाँहरूकाे राशिफल अनुसारकाे भाग्य! यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्। माता पाथिभराको कृपाले सबैकाे दिन सुखद वितोस्

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
कुनै नयाँ ठाउमा लगानीको वातावरण बनाउन सकिनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट र मित्रता बढ्नेछ । पारिवारिक माहोलामा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा प्रविधिको सहयोग लिदै निरन्तरता दिन सकिनेछ । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
उद्योग धन्दा तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र पंत्तिमा तपाईँको नाम आउनेछ । माया प्रेम तथा पारिवारिक सुखका लागी समय अनुकुल रहनेछ । सुन्दर पहिरमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
चुनौतीका बाबजुद काम गर्नुपर्ने हुन सक्छ । छर–छिमेक तथा आफन्तसँग असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धामा आजको दिन सहभागी नहुँनु नै राम्रो रहनेछ । तरपनि वैदेशिक क्षेत्रबाट लाभ लिने सकिनेछ । समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ भने कलकारखाना र बन्द व्यापारबाट फाईदा हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक तथा सांस्कृतिक सभा समारोहमा सरिक भई आफ्नो प्रश्तुति दिन सकिनेछ । नोकरी तथा राजनीतिमा समय लगानि गर्नेहरुका लागी समय उत्तम रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
गोप्य रहस्य पत्ता लगाउन सकिने हुनाले तपाईँको बौद्धिकताको उच्च कदर हुनेछ । उद्योग र व्यापारबाट विशेष फाइदा हुने समय रहेको छ । प्रतिस्पर्धी तथा काममा अवरोध गर्नेहरु परास्त हुनेछन् । नयाँ काम थालनी गरी राम्रो फाइदा उठाउन सकिने छ । राजनीति तथा समाजसेवामा समय समय उत्तम छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेको छ । धार्मिक प्रतिष्ठानको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनमा लान सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रगती हुने योग छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
कामहरु समयमा सम्पन्न नहुने तथा आलोचकहरु बढ्नेछन् । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले फितलो रहनेछ । पहिले नै फत्ते भईसकेका कामहरु पुनह दोहेरिने हुँदा मानशिक तनाव बढ्नेछ । सानातिना घरेलु समस्याले सताउनेछ भने आफन्त तथा दिदि बहिनीहरुसँग घरायसी बिषयमा मनमुटाव सिर्जना हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आफन्त तथा जीवनसाथीसँग असमज्दारी बढ्नाले केही महत्वपूर्ण कामहरु रोकिन सक्छ, ध्यान दिनुहोला । रमाईलो यात्राको अवसर जुर्ने भएपनि आफ्नै कमी कमजोरिले समयमा गन्तव्यमा पुग्न कठिन छ । एकल तथा साझेदारी व्यापार व्यावसायमा फस्टाएर जाने भएपनि मनमुटाव बढ्ने योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
नोकरी तथा राजनीतिमा गरिने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै चाहेको गन्तव्यमा पुग्न सकिनेछ । पढाइ लेखाइमा एक कदम अगाडी बढी उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ । माया प्रेममा रमाउन चाहनेहरु अगाडी बढ्न सक्नेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
समय राम्रो रहेकोले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । चिन्तन र उपायले काम गर्न सकिनेछ । व्यावसायबाट नाँफा कमाउन सकिने तथा आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । समाजमा राम्रा काम गर्न सकिने हुनाले मानसम्मानमा बृद्धि हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
घरायसी वातावरणमा केही असामान्य अवस्थाको सिर्जना हुनेछ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा अस्थिरता आउने तथा आत्मविश्वासमा कमी हुनेछ । अर्काको भर पर्दा काम धन्दा थाति रहनेछन् । नयाँ काम गर्दै हुनुहुन्छ भने ठूलाबडाको सहयोग लिनु आजको दिन राम्रो हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आफन्त तथा दाजुभाईबाट विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने माया प्रेममा नजिक हुन सकिनेछ । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने सकिनेछ । महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन् । राम्रा काम गरी नाम र दाम दुवै कमाउन सकिनेछ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!