Sunday, January 24, 2021
Home > प्रवास > दु:खद खबर: स्वदेश फर्किने तयारीमा रहेका नेपाली श्रमिक युवाको मलेसियामै मृ,त्यु।

दु:खद खबर: स्वदेश फर्किने तयारीमा रहेका नेपाली श्रमिक युवाको मलेसियामै मृ,त्यु।

क्वालालम्पुर (मलेसिया):= नेपालको ठेगाना सल्यान जिल्ला निगाल –६ निवासी रुद्रबहादुर कामीको मलेसियाबाट नेपाल जाने तयारी गर्दागर्दै मलेसियामै अचानक मृत्यु भएको छ। वैदेशिक रोजगारीको क्रममा मलेसियामा आएका नेपाली श्रमिक रुद्रबहादुर कामी पहिले कार्यरत रोजगारदाता कम्पनी छाडेर पछिल्लो समयमा अवैधानिक (इलिगल) हैसियतमा सुरक्षागार्डमा काम गर्दै आएका थिए।

अबैधानिक अवस्थामा रहेका कामी बिरामि परेर काम गर्न नसक्ने अवस्थामा पुगेपछि मलाया खबर मार्फत सहयोगको अपिल गर्दागर्दै मलेसिया स्थित नेपाली राजदुतावास त्यस्तै गैर आवासीय नेपाली संघ (एनआरएनए), पिएनसिसि लगायतको संघसंस्थाको सम्पर्कमा पुगेका थिए।

नेपाल राजदुतावासको सम्पर्कमा आएपछि आवश्यक समन्वय गर्दै बिभिन्न संघ संस्थाले उनलाई प्राथमिक उपचार समेत गराएका थिए। साथै नेपाल राजदुतावासले उनलाई नेपाल पठाउन आवश्यक कागजात बनाउने क्रममा रहेको थियो।

ब्लडप्रेसर हाई, खुट्टा सुन्निएको,बारम्बार खोकीरहने,मुखबाट रगत वान्ता हुने लगायतको समस्याबाट ग्रसित कामीलाई थप उपचार र बिरामी मानिस नेपाल् फर्किन आवश्यक पर्ने फिट-टु फ्लाइट डकुमेन्ट बनाउनको लागी आज बुधबार बिहान १०:०० बजे अस्पताल अथवा क्लिनिक लाने योजना रहेको थियो उनको उद्धारमा खटिएको एक नेपालीले बताउनुभयो । तर आजै बुधबार बिहानै ९ः३० तिर आफू बसेको कोठाको भर्याङबाट तल झर्ने क्रममा लडेर टाउको फुटेर घाइते भएका थिए।

उनि लडेर घाइते भएपछि लगत्तै अस्पताल लैजानको लागी एम्बुलेन्स बोलाइएको थियो । तर, एम्बुलेन्स आइन्ज्यालसम्म उनको मृत्यु भईसकेको कुरा एक प्रत्यक्षदर्शीले बताए । अहिले मलेसियन कानुन अनुसार उनको पोष्टमार्टम लगायत प्रक्रियाको लागि मृत शव मलेसियन प्रहरीले लगेको छ भने बाँकी प्रक्रियाको लागि नेपाल राजदुतावासले पहल गरिरहेको जानकारी प्राप्त भएको छ।

नेपाल राजदुतावासको सम्पर्कमा आएपछि आवश्यक समन्वय गर्दै बिभिन्न संघ संस्थाले उनलाई प्राथमिक उपचार समेत गराएका थिए। साथै नेपाल राजदुतावासले उनलाई नेपाल पठाउन आवश्यक कागजात बनाउने क्रममा रहेको थियो। Source: khabarpatrikanp

Leave a Reply

error: Please Dont Copy My Content!! !!