Saturday, January 16, 2021
Home > अन्तराष्ट्रिय > डुंगा दुर्घटना हुँदा २६ जनाको मृत्यु

डुंगा दुर्घटना हुँदा २६ जनाको मृत्यु

एजेन्सी ।

युगाण्डाको मुकोनो जिल्लामा भएको डुंगा दुर्घटनामा परी २६ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीका अनुसार तिब्रगतिमा चलेको हुरीले दर्जनौ मानिस रहेको डुंगा पल्टाउँदा २६ जनाको मृत्यु भएको हो । डुंगा दुर्घटना भएपछि २१ जनाको भने उद्धार गरिएको समाचार संस्था एएफपीले जनाएको छ । खोजीको काम अझै भइरहेको छ ।

खोजी जारी भए पनि अब कोही पनि जीवितै भेटिने सम्भावना निकै कम रहेको खोजीमा संलग्नले बताएका छन् ।

कमजोर सुरक्षा सावधानी र छिनछिनै हुने मौसम परिवर्तनले यो तालमा बारम्बार यस्ता दुर्घटना हुने गरेको खबरमा उल्लेख गरिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!