Tuesday, January 19, 2021
Home > समाचार > पाथीभरा मन्दिर क्षेत्रमा यस्तो डरलाग्दो डढेलो, मन्दिरसम्मै पुग्न सक्ने!

पाथीभरा मन्दिर क्षेत्रमा यस्तो डरलाग्दो डढेलो, मन्दिरसम्मै पुग्न सक्ने!

ताप्लेजुङ — पाथीभरा क्षेत्रमा डढेलो लागेको छ ।

फेदीको बस्तीदेखि करिब ३ किलोमिटर पूर्वको जंगलमा डढेलो लागेको हो । यो मन्दिरसम्म नै पुग्ने सम्भावना रहेको माथिल्लो फेदीका बासिन्दाले बताए । माथिल्लो फेदीको बस्ती भने डढेलोको जोखिममा नरहेको माथिल्लो फेदीका राजेन्द्र महतले बताए ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार यो क्षेत्रमा बिहीबारदेखि नै डढेलो लागेको हो । शुक्रबार दिउँसो पाथीभरा क्षेत्रका कर्मचारी, माथिल्लो फेदीका व्यवसायी र प्रहरीले नियन्त्रणमा लिएका थिए । तर शुक्रबार राति फेरि डढेलो सुरु भएको हो ।

चिसोका कारण धेरै होटल तथा लज बन्द भएको र जनशक्ति कम भएका कारण आगो नियन्त्रणका लागि समस्या छ । आगो बढ्दै गए पाथीभरा जाने पैदलमार्गमा पर्ने एउटा धर्मशाला र चौतारा, फलैंचा जोखिममा रहेको महतले बताए ।

नियन्त्रणका लागि सदरमुकाम फुङलिङबाट टोली परिचालन भएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका कर्मचारी नविन निरौलाले बताए । हिउँद याम सुरु भएसँगै जिल्लाका जंगली क्षेत्रमा डढेलो लाग्ने गरेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!