काठमाडौ ।
ललितपुरको ग्वार्कोमा रहेको बिएण्ड बि अस्पतालका दुई कर्मचारीको दुर्घटनामा मृत्यु भएको छ । अस्पताल नजिकै टाटा सुमोको ठक्कर दिँदा दुई कर्मचारीको मृत्यु भएको हो ।
महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक एसपी प्रज्वल महर्जनका अनुसार बिहीबार राति करिब ७ बजे बिएन्डबी अस्पताल अगाडि प्रदेश-३-००१ च ०७१३ नम्बरको टाटा सुमोले ठक्कर दिँदा बिएण्डबी अस्पतालमा कार्यरत दुई कर्मचारीको ज्यान गएको हो।
अस्पताल अगाडी बाटो क्रस गर्ने क्रममा गाडीले उनीहरुलाई ठक्कर दिएको बताइएको छ । मृत्यु हुनेमा तनहुँ घर भइ ललितपुरको हरिसिद्धीमा बस्दै आएकी ३४ वर्षीय सुनिता सोती सापकोटा र ४५ वर्षीय कृष्णप्रसाद तिमल्सिना छन्।
सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको गाडीले उनीहरूलाई ठक्कर दिएको हो। आकाशेपुल भन्दा अलि तलबाट बाटो का’ट्’दै थिए, एसपी महर्जनले भने, सोहीबेला टाटाले ठक्कर दियो। अहिले मृत्यु भएको खबर आएको छ।