Tuesday, January 26, 2021
Home > समाचार > ओलीले जे जे भन्यो त्यही मान्नु मेरो गल्ती भयो : प्रचण्ड

ओलीले जे जे भन्यो त्यही मान्नु मेरो गल्ती भयो : प्रचण्ड

पुस १०, काठमाडाैँ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले जे जे भन्यो त्यही मान्नु आफ्नो गल्ती भएको बताएका छन् ।

उनले शुक्रबारको पत्रकार सम्मलेनलमा मन्तव्य राख्दै उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘उहाँले मीठोसँग भन्नु हुन्छ कहिलेकाही । उहाँले भन्नुभयो , हेर्नुस् कमरेड । तपाइभन्दा म ३ वर्ष जेठो छु । उहाँले त्यसो भनेपछि म फुरूंग परेर ३ वर्ष जेठोलाई १ नम्बर मान्छु भनेर मान्दिए मैले ।’

अहिले नेकपाको अन्तरद्वन्द्व चलिरहेको छ । दुबै तर्फबाट उत्तिकै मात्रामा आरोप प्रत्यारोप भइरहेका छन् ।

आफु सँधै लचिलो हुँदा ओलीमा अहंकार बढ्दै गएको आरोप पनि प्रचण्डले लगाएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!