Wednesday, January 27, 2021
Home > समाचार > संसद् विघटनविरुद्ध रिटको संवैधानिक इजलासमा आज सुनुवाइ हुँदै

संसद् विघटनविरुद्ध रिटको संवैधानिक इजलासमा आज सुनुवाइ हुँदै

काठमाडौं, १० पुस – प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरुको आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एक इजलासमा बुधबार १२ वटा रिटको प्रारम्भिक सुनुवाईपछि सबै रिटको संवैधानिक इजलासमा सुनुवाई गर्ने आदेश भएको थियो ।

सोही अनुसार आज संवैधानिक इजलासमा सबै रिटको सुनुवाई हुने भएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद् विघटन गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा गर्नुभएको थियो ।

संविधानको व्यवस्थाविपरीत संसद् विघटन गरिएको भन्दै राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई बिपक्ष बनाई सर्वोच्च अदालतमा १३ वटा रिट दायर भएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!