काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले अझैपनि प्रधानमन्त्री बन्ने सपना देख्न छाडेको छैन ।
पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई दबाब दिएर सत्ता हत्याउने योजना असफल भएपछि मुर्मुरीएको उक्त समूहले समूहका नाउँमा विभिन्न भेला गर्दै पार्टी अध्यक्ष ओलीमाथि रिस फेरिरहने प्रयास गरिरहेको छ ।
रोचककुरा त उक्त समूहले संसद विघटन भइसेको यर्थातालाईसमेत अझै पत्याउन सकेको देखिदैन । प्रधानमन्त्रीको कुर्सीकै लागि आफ्नै सरकारलाई हिलो छ्याप्ने असहयोग गरी बाग्रेनिङको थलो बनाएको उक्त समूहकै कारण प्रधानमन्त्रीले संसद विघटन गरी ताजा जनादेशका लागि चुनावको मिति घोषणा भइसक्दा समेत उक्त समूहले प्रधानमन्त्री हुने आकाक्षा छोड्न सकिरहेको छैन ।
आज उक्त समूहले सिंहदरबार स्थीत ल्होसे हलमा बैठक गरी आफ्नो समूहकोतर्फबाट पुष्पकमल दाहाललाई संसदीय नेता बनाएको हाबादारी घोषणा गरेको छ । समूहले संसद पुर्नस्थापाना गरी प्रचण्डलाई प्रधानमन्त्री बनाउने निणर्य गरेको छ।
पार्टी आधिकारिकरुपमा विभाजित भइनसकेको र उक्त समूहको निर्णयको वैधतामै प्रश्न उठिरहेका बेला चुनावको फेस गर्नुको साटो प्रधानमन्त्री बन्नै गर्नुले सत्तामोहको छटपटीको उदाङ्गीएको बताइन्छ ।