Wednesday, January 27, 2021
Home > समाचार > जनकपुरमा आगलागीमा परे एक युवती सहित २ जनाकाे यस्तो हालत!

जनकपुरमा आगलागीमा परे एक युवती सहित २ जनाकाे यस्तो हालत!

जनकपुरधाम ।

महोत्तरीमा अण्डा पकाउने क्रममा आगलागी जलेर एक युवतीसहित दुई जना घाइते भएका छन् ।

महोत्तरीको बलरा नगरपालिका- ६ स्थित बजारमा ठेला गाडीमा अण्डा पकाउने क्रममा बुधबार बिहान ११ बजेतिर अचानक ग्यास लिक भएर आगलागी हुँदा बरला नगरपालिका ६ की आरती कुमारी साहसहित दुई जना घाइते भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले बताए ।

ठेला गाडीमा अण्डा पकाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा निभाउने क्रममा सोही ठाउँका ५५ बर्षीय चन्द्र ढकालको अनुहार जलेको छ ।

उनीहरुको अनुहार, मुख, कपाल र खुट्टा जलेको छ भने घाइते भएका दुबै जनालाई उपचारका लागि जनकपुर पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनााएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!