Tuesday, January 19, 2021
Home > राशिफल > ०७७ साल पुस ९ गते बिहिबार, हेर्नुहाेस् यहाँहरूकाे राशिफल अनुसारकाे भाग्यफल !

०७७ साल पुस ९ गते बिहिबार, हेर्नुहाेस् यहाँहरूकाे राशिफल अनुसारकाे भाग्यफल !

मिति २०७७ साल पुस ९ गते बिहिबार। भोलिको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्। माता पाथिभराकाे कृपाले हामी सबैकाे दिन शुभ रहाेस् ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

ग्रहगोचरको प्रभावस्वरुप हासविलासमा आकर्षण बढ्ला । खर्च बढ्नेछ । खेलकूद भ्रमणमा रुचि बढ्नेछ । शैक्षिक र रचनात्मक काममा आंशिक प्रगति मिल्नेछ । नियम–कानूनलाई ध्यानमा राख्नुपर्ला । विवादमा नपर्नु र जोखिमप्रति सचेत रहनु हितकर होला । अरुको भर पर्नु उचित नहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ । आफ्नै बल विवेकले काम गर्नु उचित रहनेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहनेछ । विजयश्री मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तसुख बढ्नेछ । सुखसुविधाको वस्तु बढ्नेछ । भागदौड भइरहला । व्यर्थको झन्झटबाट छुटकारा मिल्ला । यात्रा हुने, महत्वपूर्ण काम बन्ने सम्भावना रहला । आर्थिक पक्षमा सुधार हुनेछ । विशेषगरी पारिवारिक क्षेत्रसित सम्बन्धित काम बन्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आँट उत्साह बढ्नेछ । भाग्योदय हुनेछ । साहसिक कार्यमा रुचि बढ्ला । सुख समृद्धि बढ्ला । यात्रामा सफलता मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आफन्तको साथ मिल्नेछ । कुनै प्रकारको जोखिममा नपरी काम गर्नु उचित हुनेछ । रोकिएको काम बन्ला । ख्याति फैलिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

मिठो भोजन मिल्नेछ । आयस्रोत सुख समृद्धि बढ्नेछ । आर्थिक प्रगतिसँगै यश गौरवमा पनि बढोत्तरी हुनेछ । वार्तामा सफलता मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम, यात्रापरक काम आदि क्षेत्रमा सफलता मिल्नेछ । गीतसंगीत रसराग प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । भोगविलासमा रुचि रहनेछ । ख्याति फैलिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

कठोर मिहीनेतले सफलता मिल्नेछ । मान सम्मान मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा केन्द्रित रहनु हितकर होला । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य वृद्धि हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । समस्याको समाधान मिल्नेछ । भोग विलासको अवसर भेट्ला । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आयस्रोत बढ्नेछ । आरोग्यता बढ्ला । साहसिक काममा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त होला । खेलकूदमा रुचि बढ्ला । कलात्मक र रचनात्मक क्षमता बढ्नेछ । विवेक लगाएर योजनानुसार काम गर्नु उचित हुनेछ । इष्टमित्र सन्तान सुख बढ्नेछ । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । कर्म पथमा सफलता मिल्नेछ । सुख शयल विलासमा आकर्षण बढ्ला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

कार्ममा सफलता मिल्नेछ । आफन्त सुख बढ्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । इष्टमित्रको साथ मिल्नेछ । लापर्वाही नगरी योजना बनाएर काम गर्नु बेस रहला । उन्नति हुनेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख समृद्धि बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । समस्याको समाधान गर्नु हुनेछ । ख्याति फैलिनेछ । रसराग गीत–संगीतमा आकर्षण बढ्नेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

शुभता बढ्ला । मनोकूलको काम बन्नेछ । आयस्रोत बढ्ला । रोकिएको धन उठ्नेछ । यश वर्चश्व बढ्ला । दायित्व पूरा गर्नुहुनेछ । नयाँ दायित्व पनि प्राप्त हुनेछ । यात्रापरक कार्य बन्नेछ । साथीभाइको साथ मिल्नेछ । विकासको सम्भावना देखा पर्नुसँगसँगै आशा उत्साह पनि वृद्धि हुनेछ । ऐश्वर्य बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । हांसविलासमा रुचि बढ्नेछ । अरुको भरमा नबसी विवाद आदिप्रति सचेत भइ योजनानुसार काम गर्नु बेस होला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

लगानी र खर्च बढ्नेछ । खेलकुद भ्रमण हांसविलास आदिमा आकर्षण बढ्नेछ । लापर्वाही नगरी योजना र बजेट बनाई काम गर्नु हितकर होला । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । ऐनकानूनलाई सम्मान गर्नु उत्तम रहला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

दिन शुभ फलदायक रहनेछ । आयस्रोत वृद्धि हुनेछ । कुनै प्रकारको शारीरिक र आर्थिक समस्याको समाधान मिल्नेछ । उत्थानमूलक काममा ऊर्जा लगाउनु उचित हुनेछ । मिठो भोजन मिल्नेछ । भोगविलासको अवसर प्राप्त होला । सुख आनन्द धन मान बढ्ला । दायित्व पूरा गर्नुहुनेछ । आर्थिक कार्य बन्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सुख आनन्द बढ्नेछ । यात्रापरक काम बन्नेछ । घरपरिवारको स्थिति अनुकुल रहनेछ । रसरागमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । सार्बजनिक कार्य आदिमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु उचित हुनेछ । साहसिक कार्यमा प्रवृत्ति बढ्ला । शुभ समाचार मिल्नेछ । मिठो भोजन खान पाउनु हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । रोकिएको काम बन्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

विशेषगरी शारीरिक र आर्थिक कार्यमा सफलता मिल्ला । शुभ काम बन्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख शान्ति वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्नेछ । हरेक प्रकारले सुख सौग्यमा वृद्धि हुनेछ । मान महत्वमा बढोत्तरी हुनेछ । लगानी उठ्ला । अन्नधन बढ्नेछ । यात्रा होला । ख्याति फैलिनेछ । प्रेममा सफलता प्राप्त होला । इष्टमित्र सन्तान सुख बढ्ला ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!