Sunday, January 17, 2021
Home > Uncategorized > प्रधानन्यायाधीस चोलेन्द्रको एकल इजलासले संसद विघटन विरुद्धको रिटमा गर्यो यस्तो निर्णय!

प्रधानन्यायाधीस चोलेन्द्रको एकल इजलासले संसद विघटन विरुद्धको रिटमा गर्यो यस्तो निर्णय!

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका एक दर्जन निवेदनहरुको सुनुवाइ बुधवारवाट सुरु हुने भएको छ । त्यसका लागि सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलास गठन गरेको छ ।

प्रतिनिधि सभा विघटन सम्बन्धी परेको १२ वटा निवेदनको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नै एकल इजलास गठन गरेका हुन् ।

चोलेन्द्रको एकल इजलासले गरेको सुनुवाई पछि संसद् विघटनविरुद्धको रिट संवैधानिक इजलास पठाइने भएको छ । प्रधानन्यााधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले संवैधानिक इजलासमा पठाउने भएको हो ।

शुक्रबार संवैधानिक इजलासमा यो मुद्दामा सुनुवाइ हुनेछ । संसद् विघटन असंवैधानिक भन्दै बहस गरेर कानुन व्यवसायीले भने बृहत् इजलासमा सो मु द्दा मा सुनुवाइको माग गरेका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!