Sunday, July 11, 2021
Home > समाचार > भर्खरै महोत्तरीबाट आयो यस्तो खबर

भर्खरै महोत्तरीबाट आयो यस्तो खबर

महोत्तरीको औराही–१ की आठ महिने बालिकाको अपहरणपछि बलात्कार गरि हत्या गर्ने मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय सन्तोषकुमार चौधरीकी ८ महिने छोरी सोनालीको अपहरणपछि बलात्कार पछि हत्या गर्ने मुख्य अभियुक्त भरतकुमार साहलाई घटनाको झण्डै दुई महिनापछि प्रहरीले पक्राउ गरेको हो । उनलाई सुनसरीको भन्टाबारी क्षेत्रबाट पक्राउ गरिएको प्रहरीको दाबी छ ।

पक्राउ पर्नेमा भंगाहा सीतापुर–६ जमुनियाका २५ वर्षीय भरत साह रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।
औरही बजारका फैन्सी तथा कस्मेटिक पसल संचालक संतोष चौधरीकी ८ महिने छोरी सोनालीलाई रक्षाबन्धनको दिन भदांै १० गते पसलबाटै अपहरण पश्चात बलात्कार गरी भरतले हत्या गरिएको अभियोग लागेको छ ।

्नाबालिका अपहरण गरेको प्रमाण संतोषको पसलमा रहेको सीसीटीभी फुटेजबाट कैद भएको थियो । बालिकाको हत्या भएको करिब २ महिनापछि अभियुक्त पक्राउ परेको हो ।

उनलाई पक्राउ गर्न प्रहरीले गौशालाको भरतपुरमा रहेको मामाघर, हतिसर्वामा रहेकी फुपूको घर, लोहरपट्टिको भमरपुरामा रहेकी २ दिदीबहिनीको घर, धनुषाकी सानिमादेखि बलवा सरपल्लोमा घर भएकी बहिनीको नन्दको घरमासमेत प्रहरीले खोजतलास गरेको थियो ।

साहको पुराना ‘हिस्ट्री’, गतिविधि र बानीबेहोरा पत्तो लगाएर प्रहरीले काठमाडौंको गौशालादेखि भारतका काउन्टरपार्टससँग समन्वय गरी खोजतलास र सूचना आदानप्रदान जारी राखेको थियो ।

अभियुक्त साह लागुऔषधको कुलतमा फसेको रहस्य खुलेको छ । अपहरणको २ दिनअघि (शुक्रबार) जलेश्वरपारिको सीमावर्ती श्रीखण्डी भित्री बजारस्थित एक औषधि पसलबाट साहले दुव्र्यसनीले प्रयोग गर्ने ‘नाइट्राभेट’ ट्यावलेट लिएर आएको पाइएको प्रहरीले जनाएको छ । यसैका आधारमा सुरक्षाकर्मीले दुव्र्यसनी लुक्नसक्ने सम्भावित स्थानमा खोजी र निगरानी पनि बढाएको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!