Saturday, January 16, 2021
Home > समाचार > राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पु’गिन् चिनियाँ राजदूत यान्छी

राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पु’गिन् चिनियाँ राजदूत यान्छी

काठमाडौं । चिनियाँ राजदूत होउ यान्छी ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नु भएको छ । शतिलनिवास स्रोतका अनुसार उहाँ मंगलबार साँल ६ बजेतिर राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेको जनाएको छ । आइतबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नु भएको थियो ।

त्यसपछि सरकारको व्यापक विरो’ध भइरहेको छ । जसका का’रण नेकपा विभा’जन हुने संघा’रमा छ । यसै क्रममा नेकपा भित्रको वि’वादमा चलि’रहदा यान्छीले राष्ट्रपति सितको भेटमा के छलफल भयो भन्नेबारे खुलि नसके पनि भेटलाई अर्थ’पूर्ण रुपमा हेरिएको छ।

सर्वोच्चमा संसद विघटन ब’दरको माग गर्दै नेकपाका सांसदद्वारा रिट दर्ता

काठमाडौं । संसद विघटनको निर्णयविरुद्ध प्रतिनिधिसभाका सदस्यहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीकै सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री मंगलबार रिट लिएर सर्वोच्च पुगेका थिए । उक्त रिट दर्ता भएको शशी श्रेष्ठले जानकारी दिइन् ।

उनीहरुले संसद विघटन हुँदा आफूहरु ५ वर्षसम्म नागरिकको प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको भन्दै संसद विघटन गर्ने राष्ट्रपतिको कदमलाई उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका हुन् ।

सांसद कृष्णभक्त पोखरेलका अनुसार रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ । यसअघि संसद विघटन विरुद्ध सर्वोच्चमा १३ वटा रीट परिसकेका छन् ।

माधव नेपाल बने नेकपाको नयाँ अध्यक्ष / ओली बर्खास्त

प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै सोही बैठकले माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो । अध्यक्ष केपी शर्मा ओली बार्टीबाट बर्खास्त भएपछि नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन गरेका हुन ।

वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेका थिए । सो प्रस्तावलाई सर्वसम्मतिले पारित भएको हो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!