Tuesday, January 19, 2021
Home > अपराध > कोरोनाको जोखिमकै बीच क्लवमा भब्य पार्टीमा सहभागीकलाकार र क्रिकेटर सहित ३४ जना पक्राउ

कोरोनाको जोखिमकै बीच क्लवमा भब्य पार्टीमा सहभागीकलाकार र क्रिकेटर सहित ३४ जना पक्राउ

एजेन्सी । कोरोना जोखिम कायम रहेका कारण नेपाल भारत लगायत धेरै मुलुकमा अहिले सामाजिक दुरी कायम राख्न विभिन्न नियम लागू गरिएको छ । स्वास्थ्य मापदण्ड अपनाएर मात्र धार्मी र सांस्कृतीक काम गर्न दिइएको छ । तर सिमित ब्यक्ति मात्र सहभागी हुन पाउँछन् ।

तर कोरोनाको जोखिमकै बीच क्लवमा भब्य पार्टीमा सहभागी भएको अभियोगमा भारतको मुम्बई, महाराष्ट्रमा कलाकार र क्रिकेटर सहित ३४ जना पक्राउ परेका छन् । उनीहरुलाई कोरोना जोखिम नियन्त्रणका लािग लागू गरिएको नियम उल्लंघन गरेको अभियोगमा पक्राउ गरिउको हो ।

जानकारीका अनुसार पक्राउ परेका ३४ जनामा ​​क्रिकेटर सुरेश रैना, गायक गुरु रंधावा लगायतका व्यक्तिहरु छन् । यद्यपि सुरेश रैना र गुरु रंधावाले हिरासतवाट छुटिसकेका छन् । उनीहरुलाई अदालतले आदेश दिएपछि छुटेका हुन् । पार्टी मुम्बईको एयरपोर्टको नजिक मैरियट होटलको क्लबमा भइरहेको थियो, जसले कोरोना रोक्न लागु गरिउको नियमहरू उल्लंघन गरेको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!