Monday, January 25, 2021
Home > भिडियो > कतार भएका श्रीमान र छोराछोरीलाई छोडेर भागेकि सीता बुटवलमै, भाग्नुको कारण यसरी रुँदै सुनाईन् (भिडियो सहित))

कतार भएका श्रीमान र छोराछोरीलाई छोडेर भागेकि सीता बुटवलमै, भाग्नुको कारण यसरी रुँदै सुनाईन् (भिडियो सहित))

बुटवल । केही समय अघि मात्रै बुटवलको शिवपुर नयाँ बस्तिमा सीता भण्डारी नाम गरेकी एक जना महिलाले आफ्ना सानासाना नानीबाबुहरुलाई छाडेर भागेकी थिईन् भन्ने समाचार सम्प्रेषण गरेका थियौं । समाचार समप्रेषण गरेको केही समयपछि ती महिला यतिबेला फेला परेकी छिन् । सीताले आफ्ना छोराछोरीसंगै विदेशमा रहेका श्रीमानलाई समेत छाडेर जानुको कारण उनले आफ्नी सासु र अमाज्यू दिदीलाई देखाएकी छन् ।

सीताले आफुलाई सासुले र आफ्नी अमाज्यूले धेरै नै दुःख दिएको र सो दुःख आफुले सहँदासम्म सहेर पछि सहनै नसक्ने भएको हुनाले छोराछोरी र घर सबै छाडेर गएको बताईन् । उनको भनाई अनुसार सीता घर र छोराछोरी छाडेर आफ्नी फुपु दिदीकोमा गएर बसेकी थिईन् ।

श्रीमान विदेशमा भएको हुनाले घरमा आफुलाई सासु र दिदीले दिएको पिडा सुनाउन नचाहेको हुनाले आफुले त्यो सुनाएर श्रीमानलाई दुःखी बनाउन नचाहेको पनि सीताले बताईन् । सीताको श्रीमान यो घटनाकै कारण नेपाल आउँदैछन् । घर र छोराछोरी छाडेर केही समयकालागी आफ्नो मान्छेकोमा बस्दा घरको माहोलमा केही परिवर्तन आउँछ कि भन्ने लागेर घर छाडेकी सीताले आफ्ना छोराछोरीलाई असाध्यै मिस गरेको बताईन् ।

उनले आफु कसैसंग नभागी केवल केही दिन शान्त वातावरणमा बस्न पाईन्छ कि भनेर फुपुको घरमा गएको बताईन् । उनले त्याहाँ बस्दा आफ्ना छोराछोरीलाई सम्झिएर रोएको पनि बताईन् ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!