Tuesday, January 19, 2021
Home > समाचार > नेकपा विवादबारे बोले कृष्णबहादुर महरा

नेकपा विवादबारे बोले कृष्णबहादुर महरा

काठमाडौ । पूर्वसभामुख तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कृष्णबहादुर महराले कम्युनिष्ट पार्टीहरु एक हुनुको विकल्प नभएको बताएका छन् ।

कम्युनिष्ट पार्टीका दाङ जिल्लाका संस्थापक सदस्य मणिकलाल गौतमको १३ औँ दिनको पुण्यतिथिमा सोमवार घोराहीमा आयोजित श्रद्धाञ्जलिसभामा उनले पार्टीमा देखिएको समस्यालाई छलफलबाट हल गर्नुपर्ने बताए ।

अहिले पार्टीभित्रको समस्या बहसकै अवस्थामा रहेको भन्दै उनले स्वस्थ राजनीतिक बहस भएमा यसले मुलुकमा नयाँ निकास दिने बताए । ठूलो सङ्घर्षबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्नेसमेत उनको भनाइ छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!