काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाह राजनीतिक विषयमा धेरै अभिब्यक्ति दिँदैनन् । उनले धार्मीक र सांस्कृतिक काममा आफुलाई ब्यस्त बनाउने गरेका छन् । राजतन्त्रका पक्षमा सडकमा लागेका नारा र आन्दोलन प्रति पनि ज्ञानेन्द्रको चासो छैन ।
तर पछिल्लो राजनीतिक घटनाक्रमलाई इंकित गर्दै पूर्वराजा ज्ञानेन्द्रले नेताहरुले जनताको मतको कदर नगरेको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको सन्दर्भलाई संकेत गर्दै शाहले नेताहरुबाट केही पनि आशा गर्न नसकिने अभिव्यक्ति दिएका हुन्।
जनताको मतको कदर नगर्ने नेताबाट केही पनि आशा गर्न सकिँदैन,’ सामाजिक सञ्चालमा शाहले लेखेका छन्, ‘कुर्सी र पदको मोहमा देशलाई हेलाँ गर्नेहरु बेलैमा सचेत नभए जनताले बाँकी राख्ने छैनन्।’
करिब एक महिना देखि काठमाडौ लगायत मुलुकका मुख्य शहरमा राजातन्त्र र हिन्दु राज्यका पक्षमा आन्दोलन भइरहेका छन् । कुनै पूर्व जानकारी र घोषणाबीना भएका यस्ता कार्यक्रम प्रति पनि चासो नराखेका पूर्वराजा पछिल्लो घटनाक्रमवाट भने चिन्तित भएको देखिन्छ ।
ट्विटरबाटः