काठमाण्ठाैं । ऊर्जामन्त्रीबाट रा’जीनामा दिएसँगै नेपाल कम्युनि’स्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य वर्षमान पुनले सरकारी क्वार्टर छाडेका छन् । पुनका प्रेस संयोजक दयानिधि भट्टले आजैदेखि पुन बालुवाटारस्थित डेरामा सरेको जानकारी दिए ।
‘रा’जीनामा दिएसँगै सामान धमाधम सार्ने काम भइरहेको छ । लगभग सबै सामान आजै सारिसकिनेछ’, उनले भने, ‘उहाँ आज क्वार्टर छाडेर बालुवाटास्थित डेरामा बस्नुहुन्छ ।’
मन्त्री पुनले प्रयोग गर्दै आएको सरकारी गाडी मन्त्रालयमै छाडिसकेको पनि भट्टले जानकारी दिए । प्रधानमन्त्री केपी ओलीले संसद वि’घटन गरेपछि पुनसहित ७ मन्त्रीले आज रा’जीनामा दिएका थिए ।