Friday, January 22, 2021
Home > प्रवास > नेपाली दूतावासका श्रम सहचारी गुल्मीकि २८ वर्षीया ज्ञवाली कुवेतमै अस्ताइन्

नेपाली दूतावासका श्रम सहचारी गुल्मीकि २८ वर्षीया ज्ञवाली कुवेतमै अस्ताइन्

दोहा- कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी वीपना ज्ञवालीको मृत्यु भएको छ ।

ब्लड क्यान्सर पीडित ज्ञवालीको स्वास्थ्य जटिल भन्दै गएपछि दूतावास नजिकै रहेको मुवारक अलकबीर अस्पतालमा कोरोना परीक्षण गरिएको थियो ।

रिपोर्ट नेगेटिभ आएपछि उनलाई थप उपचारका लागि त्यहाँको शेख अल वर्दिस क्यान्सर अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा उनको मृत्यु भएको दूतावासले जनाएको छ ।

दूतावासमा श्रम सहचारीको रुपमा कार्यरत ज्ञवालीको निधन प्रति दुःख व्यक्त गर्दै दूतावासले एक कर्मठ र लगनशील राष्ट्रसेवक गुमाएको भन्दै शोकको यस घडीमा ज्ञवालीको परीवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

राजदूतावासले ज्ञवाली प्रति श्रद्धाञ्जलि अर्पण गर्दै मृत आत्माको चिर शान्तिको कामनासमेत गरेको छ ।

तीन महिनाअघि मात्र श्रम सहचारीको रुपमा कुवेत पुगेकी गुल्मीकी २८ वर्षीया ज्ञवाली अविवाहित हुन् । उनको शव आइतबार नै जजिरा एयरलाइन्समार्फत स्वदेश पठाइएको दूतावासले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!