Tuesday, January 26, 2021
Home > समाचार > संसद विघटन भएसंगै प्रचण्डलाई ओलीको यस्तो प्रस्ताव!

संसद विघटन भएसंगै प्रचण्डलाई ओलीको यस्तो प्रस्ताव!

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि अहिले राजनीतिक माहौल तातेको छ । घटनाक्रम कसरी विस्तार भयो भन्ने विषययमा धेरै कुराको खुलासा समेत भएको छ । अब नेकपाका नेताहरु विभिन्न धारमा बाँडिन थालेका छन् । प्रधानमन्त्री ओलीले संसद विघटनको प्रस्ताव राष्ट्रपति समक्ष पेश गरेर फर्किएपछि प्रचण्ड ओलीलाई भेट्न वालुवाटार पुगेका थिए ।

संसद विघटन भएसंगै निर्वाचनको मिति समेत तोकिएको छ । प्रचण्डले ओलीको यो कदम संविधान विपरित भन्दै मुलुक प्रतिगमनतिर धकेलिने बताएका थिए । संसद विघटनको सिफारिस निरंकुश, घातक कदम भन्दै ओलीलाई भनेकै बेलामा राष्ट्रपतिवाट समेत सो सिफारीस सदर भएको जानकारी आएको थियो ।

त्यसपछि ओलीले प्रचण्डलाई अब जे भयो भयो निर्वाचनमा मिलेर जाउँ भनेर प्रस्ताव गरेको प्रचण्डले आफु निकट नेतालाई सुनाएका छन् । ओलीको कदमले मुलुकलाई प्रतिगमनतिर लैजान खोजेको त होइन भने आशंका उत्पन्न भएको बताएका छन् ।

संसदको विघटन गरेर मध्यावधि चुनाव घोषणाको सिफारिस गरेपछि भएको प्रधानमन्त्री ओलीसंगको भेटमा यस्तो प्रस्ताव आएको हो । सोमवार भएको स्थायी समिति बैठकमा प्रचण्डले ओलीसंग भएको कुराकानीको विषयमा जानकारी गराएका थिए । बैठकमा ओली र उनी निकटका नेताहरु उपस्थित भएनन् ।

यो पनिः गृह जिल्ला झापामै ओलीविरुद्ध नेकपाका कार्यकर्ताको प्रदर्शन

भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै कार्यकर्ताहरुले उनको विरोध गरेका छन् । संघीय संसद् विघटनविरुद्ध युवा तथा विद्यार्थीहरु वि’रो’ध प्रदर्शन उत्रिएका हुन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति संसद् विघटन गरेपछि नेकपाका भ्रातृ संगठनमा आबद्ध युवा तथा विद्यार्थीले वि’रो’ध प्रदर्शन गरेका हुन् । वि’रो’ध र्‍यालीमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर युवा तथा विद्यार्थीले संसद् विघटन प्रतिगामी सिफारिस खारेज गर, तानासाह मु’र्दा’वाद, फासिवाद मुर्दावाद र सर्वसत्तावाद मु’र्दा’वादको नारा लगाएका थिए ।

सरकारले गरेको संसद विघटनको कदमलाई लिएर मुलुकका विभिन्न स्थानमा प्रतिपक्षी दल लगायत सत्तारुढ दलकै नेता तथा कार्यकर्ताहरुले वि’रो’ध प्रदर्शन गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरेकी हुन् । साथै सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा निर्वाचनको मिति पनि तोकेकी छिन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!