Tuesday, January 19, 2021
Home > जीवनशैली > ऐन महरले सामाजिक सञ्जालमै लेखेः ओलीले संसद विघटन गरेर ठीक गरे, कारण यस्तो!

ऐन महरले सामाजिक सञ्जालमै लेखेः ओलीले संसद विघटन गरेर ठीक गरे, कारण यस्तो!

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अखिन नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) का केन्द्रिय अध्यक्ष ऐन बहादुर महरले केपी ओलीलाई समर्थन गर्न आग्रह गरेका छन् । उनले सत्तारुढ दल नेकपाकै नेता माधवकुमार नेपाल र पुष्पकमल दाहाल राष्ट्र घा ती भएको दावी समेत गरेका छन् ।

ऐन महरले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका हुन् । उनी एक् स्टाटसमा लेख्छन्, प्रधानमन्त्री को कदम होइन मार्चण्ड गुटका गतिबिधी र कदमहरु जनमत, संबिधान र राष्ट्र बिरोधी छन राष्ट्र घा ती छन् सबैले भण्डाफोर गरौं बहिष्कार गरौं र खबरदारी गरौं राष्ट्र घा ती मार्चण्ड गुटलाई ।

यस्तै उनी अर्को फेसबुक स्टाटसमा लेख्छन्, २०७४ सालमा प्राप्त जनमतको सम्मान नगरी राजनितिक अस्थिरताका पुजारिहरु मार्चण्ड गुटले राष्ट्रपति का बिरुद्ध महाभियोग र प्रधानमन्त्री का बिरुद्ध अबिश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेर अगाडी बढेपछी नयाँ जनादेशका लागि प्रधानमन्त्री ले चाल्नुभएको बाध्यात्मक कदम हो संसद बिघटन । सबैले समर्थन गरौं र हिम्मत हुनेहरुले ताजा जनादेशका लागि तयार बनौं ।

नेकपाका नेता तथा भातृ संगठनहरु अहिले दुई भागमा विभक्त छन्, एक पक्षले ओलीले चालेको कदमको बचाउ गरीरहेका छन् भने अर्को पक्षले उनको पछिल्लो कदमको बिरोध गरिरहेका छन् । यसले राजनीतिमा मात्रै होइन नेकपाभित्र नै अस्थिरता र अविश्वास बढाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!