Monday, January 25, 2021
Home > राशिफल > ०७७ पुष ०६ गते सोमबार, हेर्नुहोस् यस्तो छ तपाईको राशिफल अनुसारका भाग्यफल!

०७७ पुष ०६ गते सोमबार, हेर्नुहोस् यस्तो छ तपाईको राशिफल अनुसारका भाग्यफल!

आज मिति २०७७ पुष ०६ गते सोमबार,हेर्नुहोस् यस्तो छ तपाईको राशिफल अनुसारका भाग्यफल । यहाँहरू सबैकाे दिन सुखद बनोस् । पाथिभरा माताले हामी सबैको मनोकामना पुरा गरुन । #जय_माँ_माथिभराकि!

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पारिवारिक जीवन सुखद रहनेछ भने घरपरिवारका सदस्य,मित्र,नातागोता माझ सम्बन्ध सुदृड हुनेछ । राम्रा काम गर्न सकिने हुनाले पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । छोटो दुरिको यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछ । थोरै मेहनेत गर्दापनि आयस्रोतलाई राम्ररी उकास्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
प्रतिस्पर्धी परास्त हुनुका साथै बौद्धिक जमघटमा सैद्धान्तिक विचार तपाईँकै उत्कृष्ट ठहरिनेछ । अध्ययन तथा अध्यापनमा एक कदम अगाडी बढी अरुलाई किनारा लगाउन सकिनेछ । प्रेम प्रसङगमा समय बित्ने हुँदा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायमा मनग्गे आम्दानी हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
हाँसखेल र मनोरञ्जनका लागि समय उत्तम रहेको छ । असन्तुष्टी समाप्त हुनेछन् भने अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय भई समुदायको हितमा काम गर्न सकिनेछ । वादविवादमा विजय प्राप्त हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
समय राम्रो रहेकोले व्यापार व्यावसायमा बृद्धि भई दैनिकी विलाशी बन्नेछ । अध्ययनमा सुधार गर्दै अगाडी बढ्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा गर्न सकिनेछ । आफन्त तथा दिदि बहिनीबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
पढाइ लेखाइमा सोचेजस्तै प्रगती हुने हुनाले आफन्त तथा गुरुहरु प्रसन्न हुनेछन् । सवारी साधन तथा धन सम्पति हात लाग्ने योग रहेको छ । व्यापारमा नाँफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा बिश्वासको बाताबरण अझ बढेर जाने हुनाले घर परिवारमा घुसियाली छाउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ । सत्रु परास्त हने तथा पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरु भन्दा एक कदम अगाडी बढी नतिजा आफैतिर ल्याउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
छोराछोरीको कामबाट मनमा सन्तोष हुनेछ । बौद्धिक क्रियाकलापमा मन जानेछ भने लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने योग रहेकोछ । प्राविधिक र सृजनात्मक कामबाट सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
समय राम्रो रहेकोले राजनीति तथा समाजसेवामा जनतासँगै रहेर काम गर्न सकिने तथा पद प्राप्तिको गतिलो योग रहेकोछ । अध्ययन अध्यापनमा सधैझै दिईने समयबाट मुक्ति मिल्नेछ । कृषि तथा पशुपालन व्यावसायमा समय दिन सकिने हुँदा आम्दानी बढ्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नुका साथै नयाँ काम तथा उद्योग शुरु गर्ने समय रहेकोछ । दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने जुनसुकै कामपनि फस्टाएर जानेछ । आफुले मन पराएको मानिसलाई आफ्नै मन मुटुमा राखेर माया गर्न पाउदा मन प्रशन्न हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
शुभ मांगलिक सभा समारोह जस्ता कार्यक्रममा सहभागि भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यावसायमा प्रशस्त नाँफा कमाउन सकिने हुनाले दैनिकि फेरिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै बोलेर मनग्ने आम्दानी गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
तपाईँबाट राम्रा काम हुने हुनाले आफन्त तथा साथिभाईहरु खुशि हुनेछन् । राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ । सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउन सकिनेछ । पढाइ लेखाइमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अध्ययन तथा अध्यापनमा रुची बढेर जानेछ । व्यापार व्यावसायमा गरेको लगानि बाट भनेजस्तो आम्दानी हुनेछ । खर्च बढेपनि दिगो काम गर्ने अवसर प्राप्त हुनेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरु फस्टाएर जानेछ भने लामो बिदेश यात्राको सम्भावना रहेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!