Tuesday, January 19, 2021
Home > समाचार > अख्तियार प्रमुखमा प्रेम राई सिफारिस (को कहाँ, सूचीसहित)

अख्तियार प्रमुखमा प्रेम राई सिफारिस (को कहाँ, सूचीसहित)

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस भएका छन् । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको भोलिपल्ट गत मंसिर ३० गतेको बैठकले राईलाई अख्तियार प्रमुखमा सिफारिस गरेको समिति सदस्य एवं राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए । प्रधानमन्त्री केपी ओलीनिकट मानिने राईले एक वर्षअघि गृह सचिवबाट अवकाश पाएका थिए ।

यस्तै सरकारले संवैधानिक निकायहरुमा अन्य रिक्त पदमा पनि नियुक्तिका लागि गरिएको सिफारिस गरेको जनाइएको छ । कांग्रेस सभापति देउवाले नाम उपलब्ध गराएका पूर्वआईजीपी जय बहादुर चन्द पनि अख्तियारमा आयुक्त भएका छन् । संसद् विघटन भएसँगै संसदीय सुनुवाईको पक्रियामा नगईकन उनीहरूको पदस्थापन हुनेछ । परिषदले अन्य रिक्त पदाधिकारीहरू पनि नियुक्त गरेको छ ।

को कहाँ यस्तो छ सूची

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अध्यक्षमा प्रेमकुमार राई तथा सदस्यहरूमा जयबहादुर चन्द, किशोरकुमार सिलवाल रहेका छन् । निर्वाचन आयोगमा सदस्यहरू रामप्रसाद भण्डारी, डा. जानकी तुलाधर रहेका छन् । मानवअधिकार आयोगको अध्यक्षमा टपबहादुर मगर तथा सदस्यहश्रमा मनोज दुवाडी, डा. सूर्य ढुंगेल, लिली बस्नेत थापा, मिही ठाकुर रहेका छन् ।

राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगको सदस्यहरूमा जुद्ध गुरुङ, अमरराज मिश्र रहेका छन् । त्यस्तै महिला आयोगको अध्यक्षमा कमलाकुमारी पराजुली रहनु भएकाे छ भने सदस्यहरूमा कृष्णकुमारी पौडेल खतिवडा, विद्याकुमारी सिंहा रहेका छन् । दलित आयोगको अध्यक्षमा देवराज विक तथ सदस्यहरूमा मिना सोभ, पर्शुराम रमतेल, कुञ्ज बराइली र मेहेले पार्की रहेका छन् ।

त्यस्तै राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा मनप्रसाद खत्री तथा सदस्यहरूमा रामचन्द्र जोशी, हरिभक्त जोशी र जितेन्द्र पाश्वान रहेका छन् । आदिवासी आयोगकाे अध्यक्षमा रामबहादुर थापा उदयपुर तथा सदस्यहरूमा मीन श्रीस मगर गुल्मी, मिनसिंह लामा, रिना राना र चरण राई रहेका छन् ।

मधेसी आयोगको सदस्यहरूमा जिवक्ष साह, रेणुदेवी शाह, विजय गुप्ता रहका छन् । त्यस्तै थारु आयोगको सदस्यहरूमा विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह थारु, भोलाराम चौधरी, मुस्लिम आयोग, महमुद्दिम अली र मिर्जाअर्सद बेग रहेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!