Saturday, January 16, 2021
Home > समाचार > प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी मिलेर अन्तत: संसद विघटन गरेपछि कस्तो रहला अब देशको अवस्था?

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी मिलेर अन्तत: संसद विघटन गरेपछि कस्तो रहला अब देशको अवस्था?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर अन्तत: संसद विघटन गरेका छन् । आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार विहानै आकस्मिक रुपमा मन्त्रीपरिषद् बैठक बोलाएर संसद विघटन गर्ने निर्णय गरेका थिए । त्यसपछि राजनीतिक माहौल तरंगित भएको छ । शनिवार दिनभर दौडधुपमा लागेका ओलीले अचानक विहानै यस्तो निर्णय गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्तावको तयारी भएको सुइको पाएपछि ओलीले यस्तो कदम चालेको खुलेको छ । शनिवार अबेर रातीसम्म ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच पनि छलफल भएको थियो । राष्ट्रपतिसंग छलफल गरेर नै ओलीले संसद विघटनको सिफारिस गरेको बुझिएको छ ।

राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध आफ्नै पार्टीभित्र षडयन्त्र भएको जानकारी पाएकापछि प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् बैठकवाट संसद विघटनको सिफारिस गरेका थिए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले महाअभियोग र अविश्वासको प्रस्ताव दर्ता गराउन खोजेपछि आइतवार विहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद बिघटनका लागि राष्‍टप्रतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद् विघटनको सिफारिस गरेपछि अहिले नेपालको राजनीतिमा तरंग उत्पन्न भएको छ । प्रधानमन्त्री ओलीको कदमको पार्टी भित्र र बाहिर विरोध सुरु भएको छ । आम नागरिकमा फेरि नेपालमा संकटकाल लाग्ने हो की भन्ने डर छ । अझ देशमा सेना परिचालन हुुने र देश थप अस्थिरता तर्फ धकेलिने भयले सबै अबको निकाश के होला भनेर हेरिरहेका छन् । तर विज्ञहरुको धारणा भने फरक छ ।

नेपाली कांग्रेसले राष्ट्रपतिलाई प्रधानमन्त्रीको असंवैधानिक कदमलाई सदर नगर्न अपिल गरेको छ । चौतफी विरोध भइरहँदा देशभर सुरक्षा ‘अलर्ट’ गरिएको छ । देशका विभिन्न स्थानमा हुनसक्ने प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको हो ।

एक उच्च सुरक्षा अधिकारीका अनुसार अनौपचारिक रुपमा मुलुकका सबै सुरक्षा निकायले आआफ्नै हिसाबले सतर्कता बढाएका हुन् । प्रधानमन्त्रीको पछिल्लो कदमले मुलुकका थप संकट निम्तनसक्ने सुरक्षा निकायको विश्लेषण छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकमा ओलीले संसद् विघटनको सिफारिस गरेपनि राष्ट्रपतिको कार्यालयले अहिलेसम्म संसद विघटनको प्रस्ताव नआएको बताएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!