हङ्गकङ्ग । हङ्गकङ्ग र गएको शनिबार हंगकंगको ब्लु ओसन रेस्टुरेन्टको हलमा आयोजना भएको ज्योती साँगीतिक साँझ हङकङूमा नेपाल बाट आएकी चर्चित लोक गायिका ज्योति मगर र चर्चित डान्सर सुष्मिता शाहीले हङ्गकङ्गका दर्शकहरुलाई भरपुर मनोरंजन दिए । जिम्बाल बाउकि छोरी, उहीँ मुलाको सिन्की , पिरतीमा दम छ लगायतका आफ्ना करीब १ दर्जन चर्चित गीतहरु संगै नया गीत जाली रुमाल गाएर दर्शकहरु लाई आफु संगै नचाएका थिए ।
काठमाडौँको जोरपाटीस्थित बालबालिका महिला तथा शिक्षा सहयोगी फाउण्डेशन नेपाल को सहयोगार्थमा बुलेट हाङ तिगेलाको प्रस्तुति तथा ब्ल्याकपिग इन्टरटेनमेन्टको आयोजनामा तथा लोकराज आङ्गबुहाङ्गको संयोजनमा भएको कार्यक्रमको लागि गायिका ज्योति मगरले पाँचौ पटक आफ्नो हट प्रस्तुतिले कार्यक्रम हेर्न आएका हंगकंगका दर्शकहरुलाई आकर्षित बनाएका थिए ।
त्यस्तै नेपालबाट आएकी चर्चित डान्सर सुष्मिता शाहीले समेत बिभिन्न गीतहरुमा आफ्नो आकर्षक नृत्य प्रस्तुत गरेकी थिईन । कार्यक्रममा हङकङका स्थानीय नेपाली चर्चित गायक राज तामाङ्ग र गायिका हर्षितआले चंग्सुले समेत आफ्ना गीतहरु प्रस्तुत गरेका थिए । तमु समाज हंगकंगको अध्यक्ष कोमल गुरुङ (स्याङ्जाली कान्छा)को प्रमुख आथित्यमा भएको कार्यक्रमको संचालन अनोज रोकाले गरेका थिए ।
भिडियोः