अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको सानाडेभाका व्लड क्यान्सर पीडित एक बालकको उपचारको लागि आर्थिक समस्या परेको छ ।
ढिकुराको सानाडेभाका व्लड क्यान्सर पीडित ४ वर्षिय आयुष रायमाझीको उपचारको लागि आर्थिक समस्या परेको हो । खाँचीकोटको मैदान स्थित श्री आदर्श माध्यमिक विद्यालयमा कक्षा १ मा अध्यनरत आयुषको हाल भारतको नई दिल्ली अल इन्डिया मेडिकल (एम्स)अस्पतालमा उपचार भइरहेको छ।
निजको उपचारका लागी ठुलो आर्थिक खर्च लाग्ने भएको र घरपरिवारको आर्थिक अवस्था निकै नाजुक रहेको बताइएको छ ।
सहयोग गर्न चाहेमा नेपाल -सुरज रायमाझी 9847284777, नेपाल -डिल्ली थापा 9857061139, कुवेत -खुम बहादुर रायमाझी 97224908, भारत -कमल रायमाझी 9821237643 नम्बरहरूमा सम्पर्क गरेर तथा नेपालमा रहेको खाता न. HDFC Bank ac no 50100034987607 मा समेत सहयोग गर्न सकिने पारिवारिक श्रोतले अनुरोध गरेको छ ।
यस्तै नेपालमा कृष्ण कुमारी थापाको खाता नं. राष्ट्रीय बाणिज्य बैंक सन्धिखर्क बचत हि. नं.१३६०१/१३४- मा जम्मा गर्न सकिने बताइएको छ ।