Monday, January 25, 2021
Home > समाचार > जसपा सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला!

जसपा सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला!

कैलाली । कैलाली टिकापुर घटनामा जेल सजाय भोगिरहेका जसपाका सांसद रेशम चौधरीलाई रिहाई गर्न माग भईरहेका बेला उनलाई डोटी उच्च अदालतले जन्मकैदको फैसला सुनाएको छ । त्यस्तै कैलाली जिल्लाबाट तीन बर्षको जेल सजाय पाएका लक्ष्मण थारुलाई पनि जन्मकैदको फैसला गरिएको छ । कैलालीको टिकापुरमा एसएसपी लक्ष्मण न्यौपाने सहित ८ जनाको हत्याको मुद्धामा उनीहरुलाई अभियुक्त बनाईएको थियो । रेशम र लक्ष्मण थारु सहितलाई कैदको फैसला भएको छ ।

जन्मकैदको सजाय हुनेमा लक्ष्मण, रेशम, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी छन् । सुन्दरलाल कठरिया, बृजमोहन चौधरी, राजेश चौधरी र राजकुमार कठरियाका हकमा जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय तोकेकामा उच्च अदालत दिपायलले त्यसलाई बदर गरी ५ वर्ष मात्र कैद गर्न आदेश दिएको छ ।

त्यसैगरी संगम चौधरी, दिलबहादुर चौधरी र जितबहादुर चौधरीलाई १० वर्ष कैदको सजाय तोकिएको छ । कैलाली जिल्ला अदालतले उनीहरूलाई ३ वर्ष जेल सजाय तोकेको थियो । उनीहरूले हातहतियारसहित टीकापुर घटनामा गएको बयान अदालतमा स्विकारेका थिए ।

घटनामा संलग्न रहेका रामप्रसाद चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरी र प्रेमबहादुर चौधरीको हकमा भने यसअघि तीन वर्ष कैद सजाय तोकिएकामा उच्च अदालतले ५ वर्ष कैद सजाय तोकेको छ ।
चुन्नीराम चौधरी, लाहुराम चौधरी र रामकुमार कठरियाको हकमा भने ३ वर्षको कैद सजायलाई नै सदर गरिएको छ । विश्राम चौधरीलाई ३ वर्ष कैद सजाय तोकेकामा उच्च अदालतले उनलाई सफाइ दिएको छ । रामनरेश चौधरी र तहावीर अलीले पनि सफाइ पाएका छन् । उनीहरूलाई जिल्ला अदालत कैलालीले समेत सफाइ दिएको थियो । करण चौधरी भने नाबालक रहेकाले ६ महिना कैद सजायलाई सदर गरेको छ ।

रेशम लाल चौधरी हाल डिल्लीबजार कारागारमा रहेका छन् भने लक्ष्मण थारु यस अघि जिल्ला अदालत कैलालीले तोेकेको सजाय भोगेर छुटिसकेका छन् । चौधरीलाई जेलबाटै सिंहदरबार लगेर तात्कालीन सभामुख कृष्ण बहादुर महराले सांसदको शपथ खुवाएका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!