Tuesday, January 26, 2021
Home > बिचित्र > बिमानस्थलमा घट्यो अनौठो घट्ना, उड्न लागेको बिमानको पखेटामा एक युवक चढेर गरे यस्तो हर्कत (भिडियो सहित)

बिमानस्थलमा घट्यो अनौठो घट्ना, उड्न लागेको बिमानको पखेटामा एक युवक चढेर गरे यस्तो हर्कत (भिडियो सहित)

लास भेगसदेखि पोर्टल्याण्डको यात्रामा निस्किएको १३६७ फ्लाइट म्याकक्यारन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने तयारी गरिरहेको थियो । त्यति नै बेला विमान चालकले एक व्यक्तिलाई विमानमा चढिरहेको देखे र कन्ट्रोल टावरलाई यसबारे जानकारी दिए, अलास्का एयरलाइन्सले एक वक्तव्यमा भनेको छ ।

लास भेगसको विमानस्थलमा अलास्का एयरलाइन्सको विमानको पखेटामा बस्ने एक पुरुषलाई शनिबार पक्राउ गरिएको छ । विमानस्थलका प्रवक्ताले यसबारे जानकारी दिएका छन् ।

सोसल मिडियामा प्रकाशित भिडियोका अनुसार ती व्यक्ति विमानको पखेटामा हिँडिरहेको र बसिरहेको देख्न सकिन्छ । त्यसपछि बोइङ ७३७ को विङ्गलेट (विमानको पुछारमा माथितिर चुच्चो परेको उठेको भाग) चढ्नका लागि उनले आफ्नो जुत्ता र मोजा फुकालेको देख्न सकिन्छ ।

लास भेगस महानगरीय प्रहरी विभाग र विमानस्थलका अधिकारीले ती व्यक्तिलाई हिरासतमा लिएको विमानस्थलका प्रवक्ता जो राचेलले सीएनएनलाई भने ।

प्रहरी अधिकारी पुगेपछि ती व्यक्ति विङ्लेटबाट चिप्लिँदै तल झर्ने कोसिस गरेँ र भुइँमा पछारिए । अधिकारीले उनलाई हिरासतमा लिएर उनको स्वास्थ्योपचारका लागि लगेको राचेलले जानकारी दिए । उक्त घटना पछि विमानको पूरा परीक्षण गरियो र सबैकुरा सही पाइएपछि विमानलाई उडान भर्ने अनुमति दिइयो ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!