Sunday, July 11, 2021
Home > समाचार > दशैँकै दिन हिन्दू मन्दिरमा तोडफोड, ३० भन्दा बढी देव देवीका मूर्तिहरु फुटाईए

दशैँकै दिन हिन्दू मन्दिरमा तोडफोड, ३० भन्दा बढी देव देवीका मूर्तिहरु फुटाईए

कार्तिक ३, अष्ट्रेलियाको सिड्नीमा रहेको एक हिन्दू मन्दिरमा तोडफोड भएको छ । सिड्नीमा रहेको भारतीय मन्दिरमा अज्ञात समूहले तोडफोड गरेका हुन् । उनीहरुले मन्दिरमा रहेका ३० भन्दा बढी विभिन्न देव देवीका मूर्तिहरु फुटाइदिएका छन् ।

मन्दिरमा ओछ्याइएका कार्पेटहरु जलाइदिएका छन् भने फर्निचरहरु तोडफोड गरिदिएका छन् । मन्दिर कसले तोडफोड गर्यो भन्ने यकिन नभए पनि मन्दिर व्यवस्थापनले भने कुनै धर्म विरोधी समूहको संलग्नता रहेको आशंका गरेका छन् ।

तर अष्ट्रेलियन प्रहरी भने यसलाई हेट क्राइम मान्न तयार छैनन् । ‘हामी अझैं छानविनमै छौं । अहिले नै यसलाई हेट क्राइम भन्न मिल्दैन’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।

स्थानीय प्रहरीले रिपोर्ट बुझाएपछि हिजो शुक्रवार अष्ट्रेलियाको अपराध अनुसन्धान तथा नियन्त्रण विभागको टोलीले मन्दिरको स्थलगत अनुगमन गरेको थियो ।फिजीको हिन्दू समुदायले २० वर्ष अगाडि उक्त मन्दिरको निर्माण गरेका हुन् । मन्दिरको वरिपरि ठूला ठूला चर्चहरु रहेका छन् ।

 

Leave a Reply

error: Please Dont Copy My Content!! !!