Monday, January 25, 2021
Home > समाचार > सरकारले बिधवा भत्ता सम्बन्धी गर्यो यस्तो निर्णय! एक पल्ट अवश्य पढौ

सरकारले बिधवा भत्ता सम्बन्धी गर्यो यस्तो निर्णय! एक पल्ट अवश्य पढौ

काठमाडौं – सरकारले ६० वर्ष ननाघेका विधवा एकल महिलालाई मासिक २ हजार र अतिअ, श, क्त अ,पाङ्गता भएका लाभग्राहीलाई मासिक १ हजार ६०० का दरले चालु आर्थिक वर्षको प्रथम चौमासिकका लागि सामाजिक सु,रक्षा भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हालै बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

हाल त्यसखालका सामाजिक सुरक्षा भत्ता रो,किएकाे गु,नासो आइरहेका थिए । बैठकले मुलुकका ७५३ वटा स्थानीय तहहरुमा सामाजिक सुरक्षा भत्ता बैंकिङ्ग प्रणाली मार्फत वितरण गर्ने सन्दर्भमा पहिलो चरणमा ३४० वटामा मंसिर १ देखि वितरण गर्ने व्यवस्था लागू गर्न,नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको गुरुङले बताए ।

यसैगरी दोस्रो चरणमा १५९ वटामा चैत १ देखि, तेस्रो चरणमा २४७ वटामा २०७८ साउन १ देखि र चौथो चरणमा बाँकी ७ वटा स्थानीय तहहरुमा ०७८ मंसिर १ देखि बैंकिङ्ग प्रणाली मार्फत वितरण वितरण गरिने गुरुङले बताए । -रासस…*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Leave a Reply

error: Please Dont Copy My Content!! !!