Monday, January 25, 2021
Home > समाचार > दुखद घटना: ओर्लने क्रममा आफैँ चढेको बसले कि’च्दा मृत्यु

दुखद घटना: ओर्लने क्रममा आफैँ चढेको बसले कि’च्दा मृत्यु

काठमाडौ । गोरखाको सिरानचोक गाउँपालिका-२ थालाजुङमा आफैँ चढेको बसले कि’चे’र एक जनाको मृत्यु भएको छ। गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना ३ ख ८१४३ नम्बरको बसले किचेर ४८ वर्षीय बुद्धिबहादुर रम्तेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिए।

टुर्घटनामा गम्भीर घाइते भएका रम्तेललाई उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र भच्चेकमा पुर्याएलगत्तै चिकित्सकले मृ त घोषणा गरेका थिए। सिरानचोक गाउँपालिकाको श्रीचौर घर भएका रम्तेललाई शनिबार साँझ बसबाट झर्ने क्रममा आफैँ चढेको बसको पछाडिको चक्काले कि’चे को प्रमुख ढकालले जानकारी दिए।

मृतकको शव परीक्षणपछि आइतबार परिवारलाई बुझाइने ढकालले बताए। बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। फाइल तस्बिर

Leave a Reply

error: Please Dont Copy My Content!! !!