Friday, January 22, 2021
Home > समाचार > “वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै” भन्ने समाचार आएपछि वर्षाले यस्तो लेखिन्!

“वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै” भन्ने समाचार आएपछि वर्षाले यस्तो लेखिन्!

नायिका वर्षा शिवाकोटीले भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्रनै बदनाम बनाएको बताएकी छन्।

“वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै” भनेर विभिन्न अनलाइनमा समाचार आएपछि नायिका शिवाकोटीले सामाजिक संजाल मार्फत यस्तो बताएकी हुन्।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै शिवाकोटीले भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले पत्रकारिता गर्नेमाथि प्रश्न समेत उठेको बताएकी छन्।

“वर्षा शिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै” भनेर विभिन्न अनलाइनमा आएको समाचारहरु देख्दा दया लागेर आयो । भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्रनै बदनाम बनाएको छ । पत्रकारितामा गलत न्यारेटिभ सेट गर्ने हिसाबले फैलाइएका यस्ता हल्लाहरुले सहि अर्थमा पत्रकारिता गर्नेमाथि पनि प्रश्न उठेको छ ।”,फेसबुकमा नायिकाले लेखेकी छन्।

साथै उनले मनोज गजुरेलको र आफ्नो बाटो अलग रहेको बताउँदे नायिका शिवाकोटीले आफ्नो नाम जोडेर कुप्रचार नगर्न आग्रह समेत गरेकी छन् ।

नायिका शिवाकोटीले सामाजिक संजालमा लेख्छिन् –

“वर्षा शिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै” भनेर विभिन्न अनलाइनमा आएको समाचारहरु देख्दा दया लागेर आयो ।

भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्रनै बदनाम बनाएको छ । पत्रकारितामा गलत न्यारेटिभ सेट गर्ने हिसाबले फैलाइएका यस्ता हल्लाहरुले सहि अर्थमा पत्रकारिता गर्नेमाथि पनि प्रश्न उठेको छ ।

आदरणिय सर, मनोज गजुरेलको र मेरो बाटो अलग अलग छ । मेरो उहाँप्रति सम्मान सधै उचो नै रहेको छ । हामीलाई जोडेर कुप्रचार गर्दा कसको पो फाइदा होला र ? कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मानसिक विक्षिप्तता’ बेलैमा हटाएको राम्रो 🙏🏻

Leave a Reply

error: Please Dont Copy My Content!! !!