काठमाडौं । चर्चित गायक तथा मोडल दुर्गेश थापाको प्रेमिका प्राची लामाको आज जन्मदिन हो । उनले प्रेमिकाको जन्मदिनमा एका विहानै निकै भावुक शुभकामनाको शन्देस लेखेका छन् । सोमबार बिहान उनले सामाजिक सञ्जल फेसवुक मार्फत प्रेमिका प्राचीलाई जन्मदिनको शुभकामना दिएका हुन् । उनले जन्मदिनको शुभकामना दिदै प्राचीको आगमनले आफ्नो जिवन निकै सुखद भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन् ‘मलाइ यत्ती थाहा छ कि,तिमी आएसी मेरो जिन्दगिमा बहार आएको छ । जिन्दगिको संघर्षमा कति दुस्ख पाए,कति सुख पाए,त्यो आधा सपनी भैसकेको छ । तिम्रो उत्सवमय आगमन सङ्गै मैले बुझेको छु,बाकी यात्रा अझै महाउत्सवमय बन्नेछ ।