Tuesday, January 19, 2021
Home > समाचार > काँग्रेसको जुलुस देखेपछि बाबुराम भट्टराईले भनेः हामी पनि उत्रिन्छाैं

काँग्रेसको जुलुस देखेपछि बाबुराम भट्टराईले भनेः हामी पनि उत्रिन्छाैं

मंसिर २९, काठमाडाैँ । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कांग्रेसले देशभर निकालेको जुलुसमा समर्थन जनाएका छन् । भट्टराईले वर्तमान सरकारले गरेको भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएकोमा काँग्रेसलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जालमार्फत डा.भट्टराईले प्रधानमन्त्री केपी शर्माओली नेतृत्वको सरकारको निरंकुशता र कुशासनविरुद्ध सडकमा उत्रिएको काँग्रेसलाई बधाई दिएका हुन् ।

‘ओली सरकारको निरंकुशता र कुशासनविरूद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाई ! भनिन्छ लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्रमध्ये सरकारमा सत्तापक्षको र सदन तथा सडकमा विपक्षको अधिकाररकर्तव्य हुन्छ,’ भट्टराईले भनेका छन्, ‘अब सदन बोलाउन पहल गरौं । जसपा पनि छिटै पार्टी एकता समायोजनको काम सकेर सडक÷सदनमा गर्जन्छ ।’

Leave a Reply

error: Please Dont Copy My Content!! !!