Tuesday, January 26, 2021
Home > जीवनशैली > १० वर्षको उमेरमा यस्तो विचार, जस्को भनाईले बनायो सबैलाई बनायो चकित! (भिडियो सहित)

१० वर्षको उमेरमा यस्तो विचार, जस्को भनाईले बनायो सबैलाई बनायो चकित! (भिडियो सहित)

बुटवल । प्रतिभा सबैमा हुन्छ । फरक यति मात्र होकी प्रतिभालाई कसैले प्रस्फुटन गराउँदछ त कसैले गराउँदैन । साथै कसैको प्रतिभा निश्चित परिधिमा केन्द्रित हुन्छ त कसैले प्रतिभाले विश्व समेटेको हुन्छ । कसैले आफ्नो प्रतिभालाई सानैमा चिनेर सबै सामू पस्कन्छन् त कसैलाई आफु भित्र भएको प्रतिभा चिन्नै जुनि लाग्दछ । कसैले चिनेर पनि चुपचाप बसि दिन्छन् भने कसैले समय बितेपछि मात्र चिन्दछन् । जस्ले अवसरहरु गुमाई सकेका हुन्छन् ।

बुटवलमा यति बेला १० वर्षकी एउटी नानीले खुलेरै आफ्ना कुरा राखेकी छन् । उनको कुराले उनलाई यो उमेरमै पनि यस्ता कुराको ज्ञान भएकी र त्यसमा पनि आफ्ना विचारलाई सामाज नै छक्क पर्नेगरी पस्कन सकेकी भनेर अहिले सबैले उनले वाककला भएकी सानी नानीको उपमा दिएका छन् ।

उनले एउटा भिडियोमा जातिय छुवाछुतको कुरालाई उठाएकी छन् । उनले यो २१ सेन्चुरीमा पनि जातिय विभेद घटनुको साटो झनै बढ्दै गएको अभिव्यक्ति दिएकी छन् । उनले मानिस मानिस सबै एउटै हौं तर पनि किन यहाँ जातका नाममा मानिसले मानिसलाई नै विभेद गरिएको होला भन्दै सबैलाई खुलेरै अनि प्रष्ट रुपमा प्रश्न गरेकी छन् ।

उनले भनेकी छन्,‘के अस्पतालमा कोही बाहुन बिरामीलाई रगत चाहियो भने त्यो बिरामीको आफन्तले मलाई दमाई कामीको रगत नदिनुस् है भनेर भन्छ ?’ उनले अगाडी भनिन्,‘मलाई मेरी आमाले पिउनलाई दिएको पानी र दमाई वा कामीले पिउनलाई दिएको पानीको स्वादमा के फरक छ र ?’

भिडियो:

Leave a Reply

error: Please Dont Copy My Content!! !!