काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ८ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश २ ०३००१ ख १४२० ट्रक कलंकीको कालिका पेट्रोल पम्प नजिक ब्रेक फेल हुँदा ८ वटा सवारी साधनलाई ठक्कर दिएर क्षति पुर्याएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । सो ट्रकले पुनः ट्याक्सी, दुई मोटरसाइकल र एउटा बसमा पनि ठक्कर दिएको छ।
प्रदेश -२- ०३००१ ख १४२० नम्बरको मालबहाक ट्रक ब्रेक फेल भई दुर्घटना भएको ट्राफिक प्रहरी ले जनाएको छ । प्रहरीका अनुसार मृतकको शव निकालिएको छ । मृतकको पहिचान खुलिसकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ।
तस्विर तल हेर्नुहोस: