Wednesday, January 27, 2021
Home > जीवनशैली > विदेशमा बसेका श्रीमानले फेसबुकको प्रोफाइलमै खुलेआम अर्कै महिलाको फोटो राखेपछि, घरमा रुवाबासी (भिडियो सहित)

विदेशमा बसेका श्रीमानले फेसबुकको प्रोफाइलमै खुलेआम अर्कै महिलाको फोटो राखेपछि, घरमा रुवाबासी (भिडियो सहित)

पाल्पा । हिजोआज हाम्रो समाजमा श्रीमान र श्रीमतीको सम्बन्धमा माया भन्ने कुरा हराउँदै गईरहेको बेला पाल्पाको एक जोडिमा पनि माया हराउँदै गईरहेको छ । परदेशीएका श्रीमानले जब विदेशबाटै आफ्नो फेसबुकको प्रोफाईलमा अर्कै केटीको फोटो राखेको श्रीमतीले भेटिन् र श्रीमानलाई प्रश्न गरिन् तब उल्टै श्रीमतीकै चरित्र खराब भएको हुनाले आफुले त्यसो गरेको भन्ने जवाफ दिए ।

थाहा छैन हिजोआज नेपाली समाज कतातिर गईरहेको छ । तर जुनदिशातिर गईरहेको छ त्यही दिशातिर पाल्पाकी मधु र कृष्णको पनि बैबाहीक सम्बन्ध गईरहेको छ । जस्को कारण मधु र उनका श्रीमान कृष्णको दुई सन्तान आमा बुवा जिवितै हुँदाहुँदै पनि टुहुरा जस्तै भएका छन् ।

श्रीमानले खुलेआम राखेको अनैतिक सम्बन्धका कारण आफुलाई तनाब भएको र केही सहयोग हुन्छ कि भन्ने आशामा मिडियामा आफ्ना ब्यथा पोखेको बताउँछिन् मधु । शुरुशुरुमा त मधुले श्रीमानको व्यवहारहरुलाई केही सहंदै त केही नजर अन्दाज गर्दै बसेको बताईन् ।

मधुलाई श्रीमान कृष्णको व्यवहार तब सही नसक्ने भयो जब उनले अरुसंग सम्बन्ध राखेको केटीले नै मधुलाई कृष्ण मेरो श्रीमान हो भन्दै फोनमा नानाथरीका कुरा गरीन् । मधुले एक यूटयुव च्यानलमा रुँदै भनिन्,‘श्रीमानको यत्तिसम्मको व्यवहार त कुन चै श्रीमतीले सहन गर्न सक्ला र ? जुुन मैले सही रहेकी छु । मेरो जीवन बर्बाद हुने भयो ।’ भन्दै उनी भक्कानीदै राईन् ।

भिडियो:

Leave a Reply

error: Please Dont Copy My Content!! !!