Sunday, January 24, 2021
Home > भिडियो > हराएको १० दिनपछि सम्पर्कमा आएकि बुहारीलाई सासु भन्छिन्,‘१०, १० हराउने बुहारीलाई स्विकार्दिन’ (भिडियो सहित)

हराएको १० दिनपछि सम्पर्कमा आएकि बुहारीलाई सासु भन्छिन्,‘१०, १० हराउने बुहारीलाई स्विकार्दिन’ (भिडियो सहित)

काठमाण्डौ । चितवनको शिवनगरबाट आजभन्दा १० दिन अघि छोराछोरी र परिवारलाई छाडेर बेपत्ता भएकी रुपा भण्डारी हराएको समाचार बाहीरिएपछि अहिले उनी प्रहरीको सम्पर्कमा आएकी छन् । बुहारी हराएको कुरा सोशल मिडिया मार्फत सासुले अलाप बिलाप गर्दै बताएपछि रुपा हराएको खबर भाईरल बनेको थियो । हराएकी बुहारीलाई घर फर्कन आग्रह गर्दै स्वीकार गर्छु भनेकी सासुले अहिले बुहारी फेला परेपछि नस्वीकार्ने बताएकी छन् ।

उनको भनाई अनुसार बुहारीलाई कसैले बेपत्ता बनाएर लगेको भए र भागरे घर फर्किएको भए स्वीकार गर्छुु भन्ने थियो । घर फर्किए स्वीकार गर्ने विषयमा सासुले भनिन्,‘मैले स्वीकार गर्छु यस अर्थमा भनेकी थिएँ । कि त उनी कुनै आफन्तिकोमा गएको हुनुपर्छ । कि त कसैले उनलाई झुक्काएर भारत लगेको हुनु पर्छ जहाँबाट उनी उम्किएर घर फर्किए म स्वीकार गर्छु । तर उनी त न आफन्तकोमा गएकी थिईन् । न त कसैले उनलाई भारत नै लगेको थियो ।’

अब कुनै पनि हालतमा बुहारी नस्वीकार्ने बताउँदै उनले भनिन्,‘एक दिनको दुई दिनको कुरा हो र ? १० दिन हराएकी छन् । त्यो पनि कुनै आफुन्तकोमा गएर बसेकी हैनन् ।

म कसरी स्वीकार गरुँ ?’ उता रुपाले प्रहरीलाई आफु दिदीकोमा गएर बसेको बताएकी छन् । रुपाको यो भनाईमा सासुले उनकी दिदीलाई आफुले चिन्ने बताउँदै रुपाले भनेको दिदीलाई आफुले नचिनेको हुनाले यो कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने सासुले बताएकी छन् ।

भिडियो:

Leave a Reply

error: Please Dont Copy My Content!! !!