Wednesday, January 27, 2021
Home > जीवनशैली > यस्तो अचम्मको गुफा! भगवान् गणेशको काटिएको शिर राखिएको प्रत्यक्ष देखिन्छ!

यस्तो अचम्मको गुफा! भगवान् गणेशको काटिएको शिर राखिएको प्रत्यक्ष देखिन्छ!

एजेन्सी । हिन्दु धर्मशास्त्र अनुसार भगवान् शिवले क्रोधमा आएर गणेशजीको शिर का’टि’दि’ए’का थिए । पछि माता पार्वतीले भनेपछि भगवान् शिवले हात्तीको टाउको ल्याएर जोडिदिएका थिए । तर, भगवान् गणेशको शिर कहाँ राखिएको थियो भन्ने कुरा सायदैलाई मात्र थाहा होला ।

भगवान् शिवले गणेशजीको वास्तविक शिर एउटा गुफामा राखेका थिए । उक्त गुफा भारतको उत्तरखण्डस्थित पिथौरागढमा रहेको छ । यस गुफालाई पाताल भुवनेश्वरको नामबाट पनि चिन्ने गरिन्छ ।

यसको वर्णन स्कन्द पुराणमा गरिएको छ । जहाँ गणेशजीको शिर रहेको छ त्यहाँ भक्तहरुको आस्थाको केन्द्र रहेको छ । त्यहाँ रहेको गणेशजीको मूर्तिलाई आदि गणेश भनेर भन्ने गरिन्छ ।

यो गुफा एउटा विशाल पहाडको ९० फिट भित्र रहेको छ । यो गुफाको खोजी भगवान् आदि शंकराचार्यले गरेका थिए । यस गुफामा भगवान् गणेशको का’टि’ए’को शिरको माथि १०८ शवाष्टक व्रह्मकमल रहेका छन् ।

यो व्रह्मकमलबाट भगवान् गणेशको शिलारुपी मूर्तिमा जल झर्छ । मान्यताका अनुसार यो व्रह्मकमल भगवान् शिवले नै स्थापित गरेका थिए ।

मन्दिरमा आदिगणेशको शिर खस्दै गरेको देखिन्छ । यो गुफामा कालभैरवको जिब्रोको पनि दर्शन गर्न सकिन्छ । यसबारेमा मानिसहरु कालभैरवको मुखबाट पसेर गर्भमा प्रवेश गर्दै पुछारबाट निस्किँदा मुक्ति मिल्ने विश्वास गर्छन् । – एजेन्सीको सहयोगमा

Leave a Reply

error: Please Dont Copy My Content!! !!