Monday, January 25, 2021
Home > समाचार > तेल बोकेको ट्याङ्करले यसरी मोटरसाईकल किच्यो

तेल बोकेको ट्याङ्करले यसरी मोटरसाईकल किच्यो

न्यूज ब्यूरो, चितवन ।

पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका–९ मा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका–६ का २२ वर्षीय अब्जल देवान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान ६ः३० बजे लोथरबाट नारायणगढतर्फ आउँदै गरेको लु१ख ६५८१ नंको तेल बोकेको ट्याङ्करले ना ४१ प ९८६२ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते देवानको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ७ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्याङ्कर र चालकको खोजी भइरहेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!