काठमाडौ । भक्तपुरमा शनिबार राति भएको कार दुर्घटनामा मृत्यु भएकी युवतीको अझै पोष्टमार्टम हुन सकेको छैन । परिवारका आफन्तले दुर्घटना रहस्यमय भन्दै छानविनको माग राखेका छन् । उनीहरुले छोरीलाई षडयन्त्र पुर्वक दुर्घटना गराएको आरोप लगाएका छन् । युवतीको निधन भएको तीन दिन वितिसक्दा पनि परिवारले शव बुझ्न मानेका छैनन् । जसका कारण पोष्टमार्टम पनि हुन सकेको छैन । कार चालक कार्कीमाथि अनुसन्धान सुरु गरेको छ ।
शनिबार राति भएको कार दुर्घटनामा सिन्धुपाल्चोक घर भइ काठमाडौंको धुम्बाराही बस्ने ३० वर्षीया रिया श्रेष्ठको निधन भएको थियो ।
उनीसंगै कारमा रहेकाहरुले अ’चे’त अवस्थामा युवतीलाई छोडेर हिडेका थिए । भक्तपुरका कार चालक रञ्जित कार्कीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
चन्द्रागिरी घुमेर फर्किएका युवतीका साथमा अरु दुई जना केटा साथी थिए । उनीहरुले युवतीलाई घर छोड्न जाने क्रममा दुर्घटना भएको वयान प्रहरी सामु दिएका छन् । मध्यपुर ठिमी ३ कौशलटारस्थित सडकबाट काठमाडौंतर्फ जाँदै गरेको बा ८ च ४७५६ नम्बरको कार दुर्घटनामा रियाको निधन गएको थियो। कारमा सवार अन्य व्यक्ति भने सामान्य छन्।
रियालाई सडकमा अलपत्र पारेर हिडेकाहरुलाई आइतबार प्रहरीले पक्राउ गरिसकेको छ। दुर्घटना भएको सीसी क्यामरामा देखेपछि पुगेको प्रहरीले युवतीलाई अस्पताल पु(याए पनि अस्पतालले मृत्यु भइसकेको पुष्टि गरेका थिए। भोलिपल्ट दुर्घटना भएको कारको नम्बरका आधारमा कार चालक भक्तपुरको ठिमी नगरपालिका १ लोकन्थलीका २६ वर्षीय रञ्जित कार्की भएको पत्ता लागेको थियो।
साथी साथी घुम्न गएको र राती रियालाई घरसम्म छाड्न जाँदा दुर्घटना भएका रञ्जितको प्रारम्भिक बयान छ। तर यसमाथि प्रहरी र आफन्तले आशंका गरेका छन्। ठिमी ५ राधेराधेका २६ वर्षीय विजय देउजा र सूर्यविनायक ४ गाम्चाका २७ वर्षीय सुदीप थापा पनि कारमा सँगै थिए। अनलाइनबाट साभार गरिएकाे ।