Saturday, January 16, 2021
Home > समाचार > धनगढी रिङ रोडमा यस्तो डरलाग्दो दुर्घटनाः घाइते युवतीको मृत्यु

धनगढी रिङ रोडमा यस्तो डरलाग्दो दुर्घटनाः घाइते युवतीको मृत्यु

धनगढी । सुदूर प्रेस संवाददाता धनगढी –धनगढी उप–महानगरपालिका वडा नम्बर– ३ स्थित धनगढी रिङ रोडमा सोमबार ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिदा घाइते भएकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी १७ वर्षीया युवती मनीषा श्रीमालको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार भन्सारबाट बालुवा लोड गरेर चटकपुरतर्फ गइरहेको से १ त ९९ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एक आपसमा ठोकिदा श्रीमाल घाइते भएकी थिइन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!