Wednesday, January 27, 2021
Home > समाचार > हिडेर अस्पताल पुगेकि महिलाको उपचारका क्रममा मृत्यु : भोलिपल्ट खबर गरेपछि अस्पताल तनावग्रस्त

हिडेर अस्पताल पुगेकि महिलाको उपचारका क्रममा मृत्यु : भोलिपल्ट खबर गरेपछि अस्पताल तनावग्रस्त

काठमाडौं । हिडेरै उपचारका लागि भन्दै गएकी एक महिलाको उपचारको क्रममा निधन भएपछि अहिले काठमाडौको सिनामंगल स्थित काठमाडौ मेडिकल कलेज (केएमसी) तनावग्रस्त बनेको छ । महिलाका आफन्तले विरामीको उपचारमा लापरवाही भएको आरोप लगाएका छन् । ब्लड प्रेसर कम भएको लक्षण भएकी महिला हिडेरै उपचारका लागि अस्पताल पुगेको आफन्तले जनाएका छन् ।

हिँडेरै आइतवार अस्पताल पुगेकी चाँगुनारायण घर भएकी ५६ वर्षकी लक्ष्मी कुँवरको सोमवार हिजो साँझ सामान्य उपचारको क्रममा निधन भएको खबर थाहा पाएपछि आफन्त विरोधमा उत्रिएका हुन् । उनीहरुले अस्पताल तोडफोड गरेपछि केहीबेर तनावग्रस्त बनेको थियो ।

मृतकका ५० देखि ६० जना आफन्तले मंगल बिहान अस्पतालको इमर्जेन्सी,तल्लो तलाको ओपिडी,झ्यालको सिसा तोडफोड गरिदिएका हुन् । उनीहरूले अस्पतालको बा८च ८५०५ नम्बरको एम्बुलेन्समा समेत क्षति पुर्याएका छन् ।

आइतवार हिडेरै अस्पताल प्रवेश गरेकी महिलालाई इमरजेन्सीमा राखिएको थियो । सोमवार बिहान वार्डमा सारेर अक्सिजन सहित उपचार थालिएको र साँझ ६ वजेतिर निधन भएको आफन्तको भनाई छ । निधन भइसकेपछि पनि आफन्तलाई हेर्न समेत नदिएको भन्दै उनीहरुले उपचारमा लापरवाहीको आशंका गरेका छन् । आफन्तलाई मंगलवार विहान मात्र निधन भएको आधिकारीक जानकारी अस्पपतालले गराएको थियो । निधनको कारण नखुलाइएको र ठमठम हिँडेर आएको मान्छेलाई ‘हार्ट अट्याक’ भनिएकोमा आंशका व्यक्त गरेका छन् ।

आफूहरूले घटनाको छानबिन गर्न अस्पताल प्रशासनसँग अनुरोध गरेपनि नमानेपछि तोडफोडमा उत्रिएको बताएका छन् । तोडफोडको घटनालगत्तै सशस्त्र प्रहरीको विपद् उद्धार गणका झण्डै ४० जना र महानगरीय प्रहरी वृत्त गौशालाका त्यत्तिकै संख्याका सुरक्षाकर्मी परिचालन गरेपछि स्थिति नियन्त्रणमा आएको प्रहरीले बताएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!