Tuesday, January 26, 2021
Home > भिडियो > आफैले रोजेको केटासँग बिहे गरेकि स्वेताले माइती छोड्दा किन रोइन धरीधरी, आफन्तकै रुवाबासी (भिडियो)

आफैले रोजेको केटासँग बिहे गरेकि स्वेताले माइती छोड्दा किन रोइन धरीधरी, आफन्तकै रुवाबासी (भिडियो)

काठमाडौं : अभिनेत्री श्‍वेता खड्काले सोमबार विजयेन्द्रसिंह रावतसँग लगनगाँठो कसेकी छन्। दुई परिवारका सदस्य र सीमित निम्तालुबीच उनीहरुको बिहे गोकर्ण फरेस्ट रिसोर्टमा भएको हो।

श्‍वेताले आइतबार मात्रै सामाजिक सञ्‍जालमा बिहेको पुष्टि गर्दै नयाँ जीवन थाल्न लागेको बताएकी थिइन्। सीमित साथी र आफन्तमाझ श्वेता र विजयन्द्र रावतको हिन्दू परम्परा अनुसार विवाह भएको हो। श्वेताका दुलाहा विजयन्द्र सिंह रावत धनगढीबासी हुन् । उनी घरका कान्छा छोरा हुन् । उनका आमाबुवासहित एक दाजु छन्।

व्यापारिक घरनाका विजयन्द्र र नायिका, निर्माता, उद्यमी र समाजसेवी श्वेताको गएको एक वर्षदेखि प्रेम सम्बन्ध थियो। दुई परिवारको सहमतिमा उनीहरूले विवाह गरेका हुन् ।

श्‍वेता श्रीकृष्ण श्रेष्ठको अनस्क्रिन जोडीका रुपमा नेपाली चलचित्रमा छिरेकी थिइन्। उनको डेब्यु फिल्म ‘कहाँ भेटिएला’सुपर हिट भएको थियो। श्‍वेताले श्रीसँग ‘कोहिनूर’मा अभिनय गरेकी थिइन्।

लामो प्रेम सम्बन्धपछि श्रीकृष्ण र श्‍वेता २०७१ असार २३ गते बैवाहिक बन्धनमा बाँधिएका थिए। विवाहपछि श्रीकृष्णको २०७१ साउन २५ गते भारतको दिल्लीमा निधन भएको थियो।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!