Wednesday, November 30, 2022
Home > समाचार > दशैको टिका संगै आयो खुसीको ख़बर हेर्नुहोस, सक्दो सेयर गरौ

दशैको टिका संगै आयो खुसीको ख़बर हेर्नुहोस, सक्दो सेयर गरौ

भिडियो रिपोर्ट | विभागीय कारबाही अन्तर्गत प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट बर्खास्तसम्म हुने र यस सम्बन्धमा दसैं विदा सकिएलगत्तै निर्णय लिने सचिव राइले जानकारी दिए बालिका निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानका क्रममा प्रमाण नष्ट गरेको आरोप लागेका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई सरकारले बर्खास्त गर्ने तयारी गरेको छ ।प्रहरीको छानविन समितिको प्रतिवेदनका आधारमा सरकारले एसपी विष्टलाई बर्खास्त गर्ने तयारी गरेको हो ।

कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको घटनामा सही ढंगले अनुसन्धान नगरी अपराधीलाई जोगाउन भूमिका खेलेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।प्रहरी प्रधान कार्यालयले एसपी विष्टलाई विभागीय कारबाही गर्न गृह मन्त्रालयमा पत्र पठाएको गृह सचिव प्रेमकुमार राईले कान्तिपुर समाचारलाइ बताए । विभागीय कारबाही अन्तर्गत बर्खास्तसम्म हुने र यस सम्बन्धमा दसैं विदा सकिएलगत्तै निर्णय लिने सचिव राइले जानकारी दिए । एसपी विष्ट हाल निलम्बनमा छन् । साउन १० गते घरबाट साथीकहाँ जान्छु भनी हिंडेकी निर्मलाको भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो ।

Leave a Reply