एजेन्सी । मनोजले बिहे गर्ने थाहा पाएपछि मिना ढकालले फेसबुकमा आफ्ना भावना ब्यक्त गरेकी हुन् । मनोज गजुरेलले २०७४ सालमा श्रीमती मीना ढकालसँग डिभोर्स गरेका थिए । केही समययता गजुरेललाई विवाहका लागि परिवार, आफन्त र साथीभाइले सल्लाह र सुझाव दिँदै आएका थिए ।
करिब ३ वर्षदेखि ‘सिंगल लाइफ’ बाँच्दै आएका उनले नयाँ जीवनसाथी भेटेका हुन् । उनले विवाह गर्ने तयारी गरेपनि विवाहको मिती र बेहुलीको बारेमा भने गोप्य नै राखेका छन् ।
मनोजको बिहे हुने भएपछि एक डायलग मिनाले मनोजलाई फेसबुकबाटै दिएकी छिन् । उनी स्टाटसमा लेख्छिन्, ‘खान्न खान्न लोकाचार, खान लाग्यो माना चार, के हो?’मीना र मनोजका एक छोरा र एक छोरी छन् । डि’भो’र्स हुँदा छोरा बुवासँग र छोरी आमासँग बस्ने सहमति थियो । तर, अहिले छोरा र छोरी दुवै बुवासँगै बस्छन् । छोरा मिरोज २३ वर्षका र छोरी मेमोरी १५ वर्षका छन् ।
गजुरेल हालै कोरोना संक्रमण’मुक्त भएका छन् । १० कात्तिकमा कोरोना पुष्टि भएपछि घरमै आइसोलेसनमा बस्दा स्वास्थ्यमा समस्या आएपछि उनी सशस्त्र प्रहरीको अस्पतालमा भर्ना भएका थिए । अक्सिजन लेभल कम भएपछि उनले १९ दिन अस्पतालको आइसीयूमा बस्नुपरेको थियो ।
कोरोनामुक्त भएपछि उनले अनुहारमा खुशी देखिएका केही तस्विरहरु सामाजिक सञ्जालमार्फत शेयर गरेका थिए । कोरोना सं’क्र’म’णकै क्रममा अस्पतालमा उपचार गराइरहेका गजुरेलको स्वास्थ्यलाभको कामना गर्दै पूर्वपत्नी मीना ढकालले केहीसमय अगाडी सामाजिक सञ्जाल फेसबुकमा लेखेको एक स्टाटसले निको चर्चा बटुलेको थियो ।