Tuesday, January 26, 2021
Home > जीवनशैली > रमेश र नन्दाको बिहेकै दिन रमेश र कल्पनाको सम्बन्धका कारण रोईन् नन्दा (भिडियो सहित)

रमेश र नन्दाको बिहेकै दिन रमेश र कल्पनाको सम्बन्धका कारण रोईन् नन्दा (भिडियो सहित)

काठमाण्डौ । बिहेको दिन रमेश प्रसाईँकी हुनेवाली श्रीमती नन्दा सिंहले दर्शकहरुको कमेन्टले आफु रोएको कुरा खुलासा गरेकी छन् । नन्दाले बिहेको दिनको कसम खाँदै भनेकी छन्,‘रमेश जीले कल्पनालाई धोका दिनु भएकै छैन । धोका त त्याहाँ हुन्छ जहाँ माया बसेको हुन्छ । उहाँहरुले त केवल लोक दोहोरीकालागी मायाप्रेमको गीत गाउनु मात्र भएको हो । यसैको आधारमा रमेशले नन्दालाई छाडिदिए हुन्छ भनेर गरेको कमेन्टले म निकै नै रोएकी छु ।’

नन्दाले भावुक हुँदै सुनाईन् आफुलाई चित्त दुखेको कुरा । आज मंसिर २२ गते बाचन क्षमताका धनी रमेश प्रसाईँ र अर्फन बालबालिकाहरुकी आमा नन्दा सिंहको आज बिहे हुँदैछ । आज नन्दाले आफ्नो र रमेशको भेट भएको दिनदेखि पछिल्लो समयमा रमेश र कल्पना दहालबीचको चर्चाका कुरासम्म गरेर दर्शलाई स्पष्ट पारेकी छन् । नन्दाले आजभन्दा ३ वर्षपहिले नै कार्यक्रम इन्द्रेणीमा रमेश र आफ्नो भेट भएको र त्यही भेटदेखि नै आफुबीच घनिष्ठता बढ्दै गएको बताएकी छन् ।

नन्दाले एक अन्तरवार्तामा रमेशसंग कुुरागर्दै गएको १ महिनामा नै रमेशले आफुलाई प्रेम प्रस्ताव राखेको कुरा स्वीकार गरेको बताएकी छन् । आफुहरुबीचको सम्बन्धको बारेमा एक महिन पछि नै रमेशले परिवारलाई भन्नु पर्छ भनेको हुनाले हाम्रो सम्बन्धको बारेमा पनि दवैको परिवारलाई थाहा भएको कुरा नन्दाले सनाएकी छन् । नन्दाले विगत ३ वर्षदेखि नै रमेशकी आमासंग आफ्नो राम्रो सम्बन्ध भएको पनि बताएकी छन् । आफ्नो हुनेवाला श्रीमान रमेशको बारेमा नन्दाले रमेशलाई जीवन साथीको रुपमा पाउनुमा आफुलाई निकै नै भाग्यशाली ठानेको पनि बताएकी छन् ।

कालिकोटकी नन्दाले पछिल्लो समयमा रमेश र कल्पनाको विषयलाई लिएर सोशल मिडिया युजरसले नन्दाले रमेशको साथ छोडिदिए हुन्छ र कल्पनालाई नै बिहे गरे हुन्छ भन्ने जस्ता गरेका कमेन्टले निकै नै दुःखी बनाएको बताएकी छन् । यसै प्रसंगमा नन्दाले भनेकी छन्,‘मसंग आखाँ मात्रै त छैन नी तर भावना, मन र माया गर्ने मुटु त छ नि यो कुरा किन नबुझि दिएर रमेश जीलाई छोडिदिनुहोस् नन्दा भन्दै कमेन्ट गरेका होलान् ? यस्ता कमेन्टले मलाई सह्रै नै दुःखी बनाएको थियो ।’

कुराकानीकै क्रममा नन्दाले कल्पना निकै दुःखी बहीनी भएकी हुन् र यस्का साथै उनले आफ्नो संघर्ष गर्दै छिन् भन्दै उनलाई पनि कुनै प्रकारको गाली नगरिदिन सबैलाई आग्रह पनि गरेकी छन् । साथै उनले कल्पनालाई सबैको सहयोगनको आवश्यकता छ भन्दै सबैले सहयोग गरिदिन अपिल समेत गरेकी छन् । नन्दाले कल्पनालाई आफुहरुको बिहेको निम्तो दिएको हुनाले उनी पनि बिहेमा आउने बताएकी छन् । यतिमात्र नभई कल्पना र आफुबीच राम्रो मित्रता भएको पनि नन्दाले सबै दर्शकलाई जानकारी गराएकी छन् ।

भिडियो:

Leave a Reply

error: Please Dont Copy My Content!! !!