Wednesday, January 27, 2021
Home > जीवनशैली > रुपा र कृष्णको जस्तै अर्को नमुना जोडी, परिवार छोडेर साथ दिन आइन् सितल (भिडियो हेर्नुस्)

रुपा र कृष्णको जस्तै अर्को नमुना जोडी, परिवार छोडेर साथ दिन आइन् सितल (भिडियो हेर्नुस्)

यतिबेला फेरि नेपालकै नमुना जोडी कृष्ण र रूपा जस्तै अर्का जोडी मिडियामा भाइरल भएका छन् । फेसबुकबाट कुराकानी शुरू भएपछि मायामा परिणत भएकाे यी जोडीकाे कथा भने फरक छ । बिस्तारै झाँगिएकाे माया प्रेमसँगै अगाडि बढिरहेका यी जोडीकाे कुराकानीकै क्रममा केटाले मेरो खट्टा नभएको फोटो पठाएपछि मजाक गरेको होला भन्ने ठानिन् । फेरि अर्को पठाउन भनिन् । त्यसमा पनि एउटा खुट्टा थिएन ।

उनले सोधिन् किन तपाईले एउटा खुट्टा लुकाएर फोटो पठाउनुहुन्छ ? त्यस पछि ति युवकले आफुले युट्युवमा दिएको अन्तरवार्ताको भिडियो नै पठाइदिए । जसमा आफ्नो खुट्टा नहुनुको कारण खुलाएका थिए भने जिवनको संघर्ष बताएका थिए । त्यो भिडियो हेरेपछि मात्र युवतीले विश्वास गरिन् आफुले मन पराएको युवकको खुट्टा नै छैन ।

तर माया त माया नै हो । उनले आफुले जस्तो अवस्थामा ति युवकलाई मन पराएकी थिइन् त्यस्तै स्वीकार गरिन् । अहिले परिवारको मन्जुरी बिना उनले उनै युवकसंग विवाह गरेकी छन् । युवतीका परिवारले फर्केर आउन आग्रह गर्दा पनि उनी फर्केर गइनन् । युवकसंगै जिवन विताउने बाचा गरेर सिन्दुर लगाइन् । अहिले यो जोडि सामाजिक सञ्जालमा भाइरल भएको छ ।

कृष्ण र रुपाको जस्तै अर्को जोडी भन्दै सामाजिक सञ्जालमा उनीहरुको चर्चा भएको छ । खोटागंकी सितल र चितवनका सुजनबीचको विवाहले चर्चा पाएको हो । सुजन डान्सर हुन् । उनी डान्सरका रुपमा नेपालभरी परिचित छन् । तर सितललाई भने उनी डान्सर हुन् भन्ने पनि थाहा थिएन ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!