Saturday, January 16, 2021
Home > समाचार > नौ महिना गर्भमा राखेर खाई नखाई हुर्काएको छोरालाई घरबाट लगेर त्यही पुलमा गो’ली हा’ने !

नौ महिना गर्भमा राखेर खाई नखाई हुर्काएको छोरालाई घरबाट लगेर त्यही पुलमा गो’ली हा’ने !

काठमाडौं – जगन्नाथ गाउँपालिका–१, बीजा विष्ट कोल्टी जाँदा र फर्किँदा मूल बाटो हिँड्न छाडेको धेरै भयो । त्यो बाटाे हिँड्दा उनी आफूलाई सम्हाल्न सक्दिनन् । किनभने, दैया मूलबाटोछेउ उनको छोराको चि’हान छ । ‘नौ महिना गर्भमा राखेर खाई नखाई हुर्काएको छोरालाई घरबाट लगेर त्यही पुलमा गो’ली हा’ने । चि’हान देख्नुपर्ला भनेरै म मूलबाटो हिँड्न सक्दिनँ’, उनी भन्छिन्।

बूढीनन्दा नगरपालिका–१, दैया मूल बाटोमा रहेकाे सामूहिक चिहानमा उनका १९ वर्षीय छोरा गगनको श’व गाडिएको छ । तत्कालीन सुरक्षाफौजले माओवादीकाे आ’रोपमा घरबाटै लगेर २०५९ वैशाखमा गगनलगायत नाै जनालाई गो’ली हानी ह’त्या गरेको थियो । अलपत्र श’वहरूलाई गाउँलेले पानीको धाराछेउमै सामूहिक चि’हान बनाएर गाडेका थिए।

साबिकको जगन्नाथ गाविसबाट माओवादी वेशभूषामा आएका शाही नेपाली सेनाको टोलीले अभियानमा जाऊँ भनेर २३ युवालाई घरबाट ल्याएर माओवादी आरोपमा गो’ली हा’नी ह’त्या गरेको थियो । दैयाको पुलमा नाै जना मारिएका थिए भने आठ जनालाई केही पर एयरपोर्टछेउ लाइन लगाएर गो’ली ठो’किएको थियो । छ जनालाई मार्तडी ल्याएर दोस्रो दिन जुगाडा गाविसको खडीगाढमा गो’ली हानेर ह’त्या गरिएको थियो।

बाजुराको यो ह’त्याका’ण्डलाई द्व’न्द्वकालमा सुदूरपश्चिम प्रदेशकै ठूलो ज्यादतीका रूपमा लिइन्छ । सो घ’टनामा एउटै लुमा गाउँका १३ दलित युवाको सामूहिक ह’त्या भएको थियो । १० जना अन्य वडाका बासिन्दा थिए।

उक्त ह’त्याका’ण्डपछि जगन्नाथको रूपै फेरिएको गाउँका अगुवा बताउँछन् । ‘धेरैको वं’शनाश भयो । कतिपय बालबालिका टु’हुरा भए । विधवाको बिचल्ली भयो’, सो घटनाबाट उम्किन सफल लालबहादुर विष्टले घटना सम्झिँदै भने, ‘बाँचेकाले यति हेर्न पाइयो । मेरो त दोस्रो जुनी हो ।’ त्यति ठूलो ह’त्याका’ण्डको अहिलेसम्म न राम्रो अनुसन्धान हुन सक्यो । न त कसैलाई कारबाही नै भयो । पीडितले न्याय पाउने आशा मा’रिसकेका छन्।

दैया ह’त्याका’ण्डमा मारिने अधिकांश लुमाको सार्की समुदायका थिए । जयसुर सार्की, मनरूप, रूप, कृष्ण, काला, सेते, गगने, मोती, परू, अभिलाल, बिसे र धनमल सार्कीको ह’त्या गरिएको थियो । सोही गाउँका गगन विष्ट, शेरबहादुर विष्ट, सत्धन विश्वकर्मा, कमान लोहार, गम विष्ट र धने कामीलगायत मा’रिएका थिए।

बूढीनन्दा नगरपालिका–२ का वसन्त रेग्मीको परिवार वर्षौंदेखि दोहोरो त’नावमा छ। तत्कालीन सशस्त्र द्व’न्द्वका बेला माओवादीले उनका बुबाको ह’त्या गर्‍याे । बुबा ताराचन्द्रको टा’उकाको ख’प्पर अहिले पनि तत्कालीन एमालेको पार्टी कार्यालयको दराजमै थन्क्याइएको छ । न्याय तथा छानबिन प्रक्रियाको पनि अत्तोपत्तो नहुँदा परिवार दोहोरो त’नाव झेलिरहेको छ।

श्रीमान्‌को ह’त्या घ’टनामा न्याय पाउने आशाले वसन्तकी आमा शान्ताले २० जेठ २०७३ मा सदरमुकाम मार्तडी आएर स्थानीय शान्ति समितिमा उजुरी दर्ता गरिन् । समितिमार्फत सत्य निरुपण तथा मेलमिलाप आयोगले उजुरी संकलन गरेकाले न्याय पाउने आशा उनमा जागेको थियो । तर, उजुरीपछि अहिलेसम्म छानबिन तथा न्याय प्रक्रियाको कुनै अत्तोपत्तो नभएपछि परिवारलाई निराश बनेकाे छ । ‘न्यायका लागि अब त भगवान भराेसा भन्ने लाग्छ । हेराैँ के हुन्छ’, छोरा वसन्तले भने।

शान्ताका श्रीमान् ४० वर्षीय ताराचन्द्र तत्कालीन एमाले जिल्ला उपसचिव थिए । माओवादी कार्यकर्ताले उनलाई २३ फागुन २०६० मा कुल्देवमाडाैंको मौरेबाट अ’पहरण गरेर ह’त्या गरेका थिए । एमालेले आफ्नो पार्टी कार्यालयको दराजमा वर्षाैंदेखि मृ’तक रेग्मीको ख’प्पर थन्क्याएकै छ।

माओवादीले चन्दा नदिएको, कोल्टीमा सेना राख्न लगाएको लगायत आरोप लगाइएका रेग्मीलाई १२ चैत २०६० मा ‘सफाया’ गरेको विज्ञप्ति सार्वजनिक गरेको थियो । परिवारले केही दिनसम्म श’वको आस गरे पनि नपाएपछि कुशको प्रतिमा बनाएर अन्तिम संस्कार गर्‍याे।

दोस्रो जनआन्दोलनको सफलता र शान्ति प्रक्रिया सुरु भएपछि एमाले सचिव रहेका कर्णबहादुर थापा २०६३ मा पार्टी कार्यक्रमका क्रममा छ’तारा गाविसमा पुगे । स्थानीयको सहयोग लिएर उनले श’व गा’डिएको स्थान पत्ता लगाए । यकिन भएपछि अन्य पार्टी कार्यकर्ताको सहयोगमा आफैँले चिहान खोतले।

नेकपा कार्यकर्ता रामबहादुर बानियाँले भने, ‘खोतल्दै जाँदा अस्थिपञ्जरका साथ शान्ति र प्रजातन्त्रका लागि जनअभियान लेखिएको कपडासमेत भेटियो । त्यही ख’प्पर बोकेर मार्तडी फर्कियौँ ।’ अहिले तत्कालीन माओवादी र एमालेको एकता भई नेकपाकाे सरकार बनेकाे छ। तर, बर्बर ह’त्याका’ण्डमा ज्या’न गु’माएका लुमा गाउँका दलित र एमाले नेता रेग्मीलाई न्याय दिलाउन भने कुनै पहल भएको छैन।

Leave a Reply

error: Please Dont Copy My Content!! !!